Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

आठ हजार अनुसन्धानकर्तालाई पछि पार्दै नेपाली वैज्ञानिक पल्लव श्रेष्ठले जिते जर्मनीको प्रतिष्ठित अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठ हजार अनुसन्धानकर्तालाई पछि पार्दै नेपाली वैज्ञानिक पल्लव श्रेष्ठले जिते जर्मनीको प्रतिष्ठित अवार्ड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जर्मनीको प्रतिष्ठित वैज्ञानिक संस्था हेल्महोल्ट्ज एसोसिएसनले प्रदान गर्ने सन् २०२६ को विद्यावारिधि अवार्ड नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले प्राप्त गरेका छन्। विश्वभरका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्येबाट छनोट हुँदै उनीसहित ११ जना अनुसन्धानकर्ता यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका हुन्। नेपालबाट यो पुरस्कार प्राप्त गर्ने डा. श्रेष्ठ सम्भवतः पहिलो व्यक्ति हुन्। हेल्महोल्ट्ज एसोसिएसनका अध्यक्ष प्रा. मार्टिन केलरले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। प्रसिद्ध जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्महोल्ट्जको नामबाट स्थापना भएको यो संस्था जर्मनीका १८ वैज्ञानिक तथा प्राविधिक अनुसन्धान संस्थाहरूको छाता संगठन हो। वैज्ञानिक अनुसन्धानबाट प्राप्त उपलब्धिलाई प्रविधि हस्तान्तरणमार्फत सामाजिक हितमा प्रयोग गर्ने उद्देश्यले संस्थाले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवीन खोजलाई प्रोत्साहन गर्दै आएको छ। डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट सिभिल इन्जिनियरिङमा स्नातक र वाटर रिसोर्सेस इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। उनले हेल्महोल्ट्ज एसोसिएसनअन्तर्गतको प्रतिष्ठित वातावरणीय अनुसन्धान संस्था हेल्महोल्ट्ज इन्स्टिच्युट फर इन्भाइरोमेन्टल रिसर्च (युएफजेड) को कम्प्युटेसनल हाइड्रोसिस्टम्स विभागबाट विद्यावारिधि गरेका हुन्। उनी हाल सोही संस्थामा पोस्टडक्टोरल वैज्ञानिकका रूपमा कार्यरत छन्। उनको अनुसन्धान विशेषगरी नदीको जलप्रवाह र बाढीको पूर्वानुमानलाई थप सटीक तथा विश्वसनीय बनाउने विषयमा केन्द्रित छ। साना पहाडी नदीका जलाधार क्षेत्रको अवस्था विद्यमान हाइड्रोलोजिकल मोडेलले पर्याप्त रूपमा समेट्न नसकिरहेको अवस्थामा डा. श्रेष्ठले विकास गरेको नयाँ प्रणालीले नदीको बहावको स्थानविशेषअनुसार सटीक अनुमान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। यसले उपलब्ध तथ्यांकको प्रभावकारी विश्लेषणमार्फत बाढीको जोखिम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप भरपर्दो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालका सन्दर्भमा उनको अनुसन्धानलाई निकै महत्त्वपूर्ण मानिएको छ। यहाँ बाढीसम्बन्धी पूर्वसूचना र प्रभावकारी विपद् व्यवस्थापन योजना नदीको बहावको सटीक विश्लेषणमा निर्भर रहने गर्छ। विशेषगरी पहाडी क्षेत्रका साना नदीमा पानीको बहाव अनुमान गर्न कठिन हुने भएकाले बाढीको जोखिम पहिचान र पूर्वतयारीमा चुनौती देखिँदै आएको छ। डा. श्रेष्ठको अनुसन्धानबाट विकसित प्रणालीहरू प्रारम्भिक अवधारणामा मात्र सीमित नभई जर्मनी तथा युरोपका विभिन्न देशमा पटक–पटक परीक्षण भई प्रमाणित भएका कार्यान्वयनयोग्य हाइड्रोलोजिकल प्रणाली हुन्। नेपालमा जलविद्युत् आयोजनाहरू बाढीका कारण निर्माण तथा सञ्चालनमा ढिलाइ हुने र त्यसबाट आर्थिक दायित्वसमेत बढ्ने गरेको अवस्थामा यस्तो प्रविधि उपयोगी हुन सक्ने देखिन्छ। नदीको बहाव र बाढीबारे विश्वसनीय अग्रिम जानकारी प्राप्त हुन सके जलविद्युत् आयोजना व्यवस्थापन, स्थानीय बासिन्दाको सुरक्षा तथा पूर्वाधार विकासमा समेत सहयोग पुग्नेछ। त्यसैले डा. श्रेष्ठको अनुसन्धान नेपालका लागि वैज्ञानिक उपलब्धि मात्र नभई बाढी जोखिम न्यूनीकरण र जलस्रोत व्यवस्थापनमा उपयोगी बन्न सक्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’
Latest NewsJust now

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। ...

कान्तिपुर
जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?
Latest NewsJust now

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार ...

केन्द्रबिन्दु
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

• नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएई विरुद्ध ६ विकेटको जित निकालेको छ। • कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई जितमा योगदान दिए। • नेपाल समूह ‘बी’ मा २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ र अब पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तयारीमा छ। ...

नेपालबहस
प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मंसिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement