Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार गर्नेबारे कुराकानी भएको थियो। दुवै नेताले द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान गर्दै आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल ताजमहल पुगेका थिए। भेटवार्ता सम्पन्न भएपछि आजका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्री शाहको ३४ सदस्यीय औपचारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्। यसबाहेक निजी क्षेत्रका ५३ सदस्यीय उद्योगी–व्यवसायीको टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ। भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमाको रोड रेस
Latest NewsJust now

गरिमाको रोड रेस

प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किमि दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन र महिलातर्फ १० किमि दूरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै राज्य रावल प्रथम भएको विज्ञप्तिमा जनाइएको छ । ...

कान्तिपुर
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौं। दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भेटवार्ता गरेका छन्। भ्रमणको पहिलो दिन आइतबार साँझ शिष्टाचार भेटका लागि जयशंकर होटल ताज पुगेका हुन्। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार दिउँसो २ बजेर ८ मिनेटमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली प्रस्थान गरेका थिए। उनी ३ बजेर १८ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ...

नेपालन्युज
रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै
Latest NewsJust now

रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै

काठमाडौं । भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ। रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो। संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ। दिउँसो ...

केन्द्रबिन्दु
एनपीएलमा चम्किएका रिजनलाई हेटौँडामा भव्य स्वागत (तस्बिरहरू)
Latest NewsJust now

एनपीएलमा चम्किएका रिजनलाई हेटौँडामा भव्य स्वागत (तस्बिरहरू)

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेट खेलाडी रिजन ढकाललाई गृह नगर हेटौँडामा भव्य स्वागत गरिएको छ । एनपीएल सकेर हेटौँडा पुगेका ढकाललाई स्थानीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement