काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भइरहेको छ। नयाँ दिल्लीस्थित होटल ताज महलमा शाह र जयशंकरबीच भेटवार्ता भएको हो। वार्तामा दुवै देशको प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ। प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि विदेशमन्त्री जयशंकर होटल ताल महल पुगेका हुन्। प्रधानमन्त्री शाह यही होटलमा बसेका छन्। दुई दिने भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। The post प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Read Complete Original Article
Published originally on कर्पोरट खबर






