Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीलाई
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने। नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जितिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियरतर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जिते। पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए। विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन तथा टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार जिते। लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका बिजय बहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार प्राप्त गरे। लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’
Latest NewsJust now

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। ...

कान्तिपुर
जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?
Latest NewsJust now

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार ...

केन्द्रबिन्दु
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

• नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएई विरुद्ध ६ विकेटको जित निकालेको छ। • कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई जितमा योगदान दिए। • नेपाल समूह ‘बी’ मा २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ र अब पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तयारीमा छ। ...

नेपालबहस
प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मंसिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement