Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

युरोपेली लिगमा रोमाञ्चक भिडन्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपेली लिगमा रोमाञ्चक भिडन्त
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार १२औँ जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए । शनिबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेल्टाविरुद्ध पुनरागमन जित निकालेको हो । छैटौं मिनेटमै पाब्लो डुरानले गोल गरेपछि सेल्टाले अग्रता लिएको थियो । पहिलो हाफमै खेल बराबरी गर्ने अवसर पाएको रियलका किलियन एम्बाप्पे भने पेनाल्टीमा चुक्नुभयो । दोस्रो हाफमा जुड बेलिङ्घमले ६७औँ मिनेटमा गोल गर्दै रियललाई बराबरीमा फर्काउनुभयो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा कार्लोस एस्पीले निर्णायक गोल गरेपछि रियलले तीन अंक जोड्यो । भिनिसियस जुनियरको क्रसमा हेडर प्रहार गर्नुभएका एस्पीले गोलरक्षकले फर्काएको बललाई रिबाउन्डमा जाली चुमाउनुभएको थियो । मैदान प्रवेश गरेको ६ मिनेटमै उहाँले निर्णायक गोल गर्नुभयो । जितसँगै रियलले ११ खेलबाट ३३ अंक जोड्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । चार खेलको प्रतिबन्ध पूरा गर्नुभएका भिनिसियस दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएको थियो । लामो समयपछि सुरुवाती टोलीमा अवसर पाउनुभएका ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले भने ६० मिनेटअघि नै मैदान छाड्नुभयो । यता, पिएसजीले निसलाई ३-२ ले पराजित गर्दै सबै प्रतियोगितामा लगातार १२औँ जित निकालेको छ । निसको मैदानमा घरेलु टोलीले आठौं मिनेटमा मोहम्मद अमौराको गोलबाट अग्रता लिए पनि पिएसजीले पहिलो हाफमै खेल उल्टायो । ३१औँ मिनेटमा सेनी मायुलुले पेनाल्टीमा बराबरी गोल गर्नुभयो । त्यसको ५५ सेकेण्डपछि देसीरे डुइले गोल गर्दै पिएसजीलाई अघि बढाउनुभयो । पहिलो हाफमै घुँडामा चोट लागेर स्ट्रेचरमा मैदानबाहिर लगिएका डुइको स्थानमा आउनुभएका फेरान टोरेसले ८५औँ मिनेटमा गोल गर्नुभयो । इन्जुरी समयमा अली अब्दीले गोल गरे पनि निसले बराबरी गर्न सकेन । पिएसजी ११ खेलमा २६ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको लिलभन्दा पाँच अंकले अघि रहेको पिएसजीका प्रशिक्षक लुइस एनरिकेले शीर्ष डिभिजनमा ३००औँ जित पूरा गर्नुभएको छ । प्रिमियर लिगमा भने आर्सनल न्युक्यासलसँग २-२ को बराबरीमा रोकियो । एबेरेची एजेले ३३औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा अघि रहेको आर्सनलविरुद्ध न्युक्यासलले दोस्रो हाफमा पुनरागमन गर्‍यो । हार्भे बार्न्सले ४९औँ मिनेटमा बराबरी गोल गर्नुभयो भने ६२औँ मिनेटमा मालिक थियावले न्युक्यासललाई अघि बढाउनुभयो । नोनी मडुएकेले ७८औँ मिनेटमा गोल गरेपछि आर्सनलले हार टार्‍यो । म्यानचेस्टर सिटी फुलहमसँग १-१ को बराबरीमा रोकियो । फुलहमका रोड्रिगो मुनिजले १६औँ मिनेटमा गोल गरेपछि इलियट एन्डरसनले ५७औँ मिनेटमा सिटीलाई बराबरीमा फर्काउनुभयो । चेल्सी भने लिड्स युनाइटेडसँग ४-१ ले पराजित भयो । लिड्सका नोआ ओकाफोरले दुई तथा डोमिनिक काल्भर्ट लेविन र ब्रेन्डन आरोन्सनले एक–एक गोल गर्नुभयो । अन्य खेलमा टोटनहमले इप्सविचलाई २-०, बोर्नमाउथले नटिङ्घम फरेस्टलाई २-० र कोभेन्ट्रीले क्रिस्टल प्यालेसलाई ३-२ ले हराए । एस्टन भिल्ला र सन्डरल्याण्डले गोलरहित बराबरी खेले । ला लिगाका अन्य खेलमा आलाभेसले डेपोर्टिभो ला कोरुनालाई ३-१, भ्यालेन्सियाले रायो भालेकानोलाई १-० ले हराए । सेभिया र रियल बेटिसले १-१ को बराबरी खेले । शुक्रबार एस्पान्योलले एथलेटिक बिल्बाओलाई १-० ले पराजित गरेको थियो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि
Latest NewsJust now

एपिएफलाई प्रथम धरान महिला गोल्डकपको उपाधि

धरान । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार राती सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई दुई-शून्य गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ...

हिमालय टाइम्स
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई
Latest NewsJust now

चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई

लहान । सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४२ रनले पराजित गर्दै वडा नं.४ च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं.४ ले निर्धारित खेलमा १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नं.५ को टोली ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदका लागि बागमतीको बुद्धिचाल छनोट सुरु, ५५ खेलाडी प्रतिस्पर्धामा

ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि ललितपुरमा सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ २० गरी ५५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुरको नखु दोबाटोस्थित जु जु सवाः नेवारी रेस्टुरेन्टको आँगनमा सञ्चालन भइरहेको प्रतियोगिता क्लासिकल विधामा केन्द्रित छ । यही मंसिर १६ देखि ...

हिमालय टाइम्स
कस्तो छ साेमबारको दिन तपाईको ?
Latest NewsJust now

कस्तो छ साेमबारको दिन तपाईको ?

२०८३ मंसिर ७ गते साेमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement