युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढ्यो

काठमाडौं। युरोपले ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारणका साथ जाडोयाममा प्रवेश गरिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा आपूर्ति प्रभावित हुँदा आगामी महिनाहरूमा युरोपले ग्यासको मूल्यवृद्धि र आपूर्ति अभावको गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्। फेब्रुअरीयता युरोपमा ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ। युरोपेली संघको ग्यास भण्डारण क्षमता हाल ७२ प्रतिशत मात्र भरिएको छ, जुन सामान्यतया जाडोअघि ९० प्रतिशतसम्म पुग्ने गर्दथ्यो। भण्डारणको यो कमीले चिसो मौसममा घर तताउने, विद्युत् उत्पादन गर्ने र उद्योग सञ्चालन गर्ने कार्यमा समस्या निम्त्याउन सक्ने देखिएको छ। बर्लिनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा बिरोलले होर्मुज र बाब अल-मन्देब जलमार्गमा ऊर्जा आपूर्तिमा आएको अवरोधले विश्वभर प्रभाव पारेको बताए। उनले भने, ‘सामान्यतया जाडोअघि युरोपेली देशहरूमा पर्याप्त ग्यास भण्डारण हुन्छ। तर, यसपटक हामी ऐतिहासिक औसतभन्दा निकै कम भण्डारणसहित जाडोमा प्रवेश गर्दैछौं।’ उनले जाडो अत्यधिक चिसो भएमा प्राकृतिक ग्यासको मूल्य अझ बढ्न सक्ने सम्भावना औंल्याएका छन्। युरोपले डिजेल आपूर्तिमा पनि चुनौती सामना गरिरहेको छ। युक्रेनले रूसी रिफाइनरीमा गरेको आक्रमण र मध्यपूर्वको संकटले ऊर्जा बजारलाई थप जटिल बनाएको छ। बिरोलले ऊर्जा क्षेत्र अब आर्थिक कारोबारभन्दा बढी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनेकोमा चिन्ता व्यक्त गरे। उनले समयमै वैकल्पिक मार्ग र पाइपलाइनमा लगानी नगरेको भन्दै सरकारहरूको आलोचना गर्दै भने, ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै जना हतारमा उपाय खोजिरहेका छन्, तर यी काम धेरै पहिले गरिनुपर्थ्यो।’ ऊर्जा संकटको असर कम गर्न जी-७ राष्ट्रहरूले रणनीतिक भण्डारबाट तेल र डिजेल बजारमा पठाउने निर्णय गरेका छन्। यद्यपि, बिरोलले युद्धको असर आगामी महिनाहरूमा पनि कायम रहने र जलमार्गमा आवागमन सामान्य नभएसम्म बजारलाई मूल्यवृद्धिबाट जोगाउन कठिन हुने चेतावनी दिएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mahesh-acharya-23102026072444-watermarked.jpg)
[अर्काइभ] यस्तो थियो २६ वर्षअघिको वार्षिक बजेट र राजस्व
२०५७ जेठ १७ मा अर्थमन्त्री महेश आचार्यले आर्थिक वर्ष २०५७/५८ का लागि ९१ अर्ब ६२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला राजस्व संकलनको लक्ष्य ५२ अर्ब ९८ करोड रुपैयाँ राखिएको थियो भने मुख्य सचिवको मासिक तलब १५ हजार रुपैयाँ पुगेको थियो । ...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...


