युरोपमा गर्मीले यो वर्ष ५० हजारभन्दा बढीको मृत्यु

वासिङ्टन । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो । अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ । युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही सहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो । गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको थियो । मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा त्यसभन्दा बढी उमेरका थिए । तर, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा बढी व्यक्तिको पनि गर्मीका कारण मृत्यु भएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन् । अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन नभएको अवस्थाको कम्प्युटर नमूनालाई वास्तविक तापक्रम र मृत्युदरसँग तुलना गरेर जलवायु परिवर्तनको प्रभाव आकलन गरेका थिए । अध्ययनअनुसार गर्मीसम्बन्धी मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा सन् २००० को दशकको सुरुआतमा ४५ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ । अनुसन्धानमा सहभागी नभएका विज्ञहरूले गर्मीको पूर्वचेतावनी प्रणाली, शीतलन सुविधामा समान पहुँच र जोखिममा रहेका मानिसलाई सहयोग गर्ने व्यवस्था विस्तार गर्नुपर्ने बताएका छन् । उनीहरूले गर्मीबाट तत्काल जोगिने उपायसँगै जलवायु परिवर्तनको मूल कारण बनेको जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् ।एपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...


