Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युद्धको छायामा इजरायलको चुनाव

युद्धको छायामा इजरायलको चुनाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
युद्धको छायामा इजरायलको चुनाव

जेरुसेलम।हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन्। निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने संकेत समेत दिनेछ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ। आक्रमणमा मारिएका युवाका तस्बिर सार्वजनिक स्थानमा टाँसिएका छन्। इजरायलले त्यसयता गाजामा व्यापक विनाश गरेको छ, लेबनानका केही भाग कब्जा गरेको छ र अमेरिकाको सहयोगमा इरानमा बमबारी गरेको छ। सैन्य अभियानका कारण इजरायलले पश्चिमी मुलुकबाट समेत आलोचना खेप्नु परेको छ। नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्ट समेत सामना गरेका छन्। इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुले सन् २०२२ मा पुनः सत्तामा फर्किएपछि अति राष्ट्रवादी दलहरूसँग गठबन्धन गरेका थिए। न्यायपालिकाको अधिकार सीमित गर्ने उनको प्रयासले अक्टोबर ७ को आक्रमणअघि नै देशव्यापी विरोध निम्त्याएको थियो। कब्जा गरिएको वेस्ट ब्याङ्कमा यहुदी बस्ती विस्तार र प्यालेस्टिनीमाथि बसोबासकर्ताका आक्रमणले पनि विवाद चर्काएको छ। विपक्षी दलहरूले अक्टोबर ७ को आक्रमण रोक्न सरकार असफल भएको विषयलाई चुनावी बहसको केन्द्रमा राखेका छन्। पूर्व सैनिक प्रमुख गदी आइसेनकोट नेतान्याहुका प्रमुख प्रतिस्पर्धीमध्ये एक हुन्। उनले सुरक्षा चेतावनी बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेका छन्। नेतान्याहुले भने सुरक्षा निकायका प्रमुखहरूलाई दोष दिँदै आफूलाई समयमै जानकारी नदिइएको दाबी गर्दै आएका छन्। गाजाको युद्धमा आइसेनकोटका छोरा मारिएका थिए। मोरक्कोबाट आएका यहुदी आप्रवासी परिवारमा जन्मिएका आइसेनकोट विभिन्न विचारधाराका मध्यमार्गी मतदातालाई एकत्रित गर्ने प्रयासमा छन्। उनी इजरायलको पहिलो मध्यपूर्वी मूलका प्रधानमन्त्री बन्न सक्ने व्यक्तिका रूपमा पनि चर्चामा हुन्। यद्यपि, विपक्षी नेताहरूले नेतान्याहुको युद्ध नीतिलाई खासै चुनौती दिएका छैनन्। निर्वाचनमा धार्मिक तथा सामाजिक विभाजन पनि प्रमुख मुद्दा बनेको छ। नेतान्याहुले धार्मिक विद्यार्थीलाई अनिवार्य सैन्य सेवाबाट छुट दिएका छन्। लामो समय सैन्य सेवामा खटिएका आरक्षित सैनिकहरू यसबाट असन्तुष्ट छन्। पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले सैन्य सेवामा दिइने सबै छुट अन्त्य गर्ने वाचा गरेका छन्। विपक्षीहरूले धार्मिक प्राथमिकताअनुसार शनिबार सार्वजनिक यातायात बन्द राख्ने व्यवस्थासहितका विषयले समाज विभाजित बनाएको बताएका छन्। युद्धपछि केही इजरायलीमा सरकारप्रतिको समर्थन कायम छ। इरान र हिजबुल्लाहका प्रत्याक्रमणमा इजरायली नागरिक मारिए पनि गाजाबाट हुने गोलीबारी रोकिएको छ। अर्थतन्त्रमा सुधार, निर्माण गतिविधिमा वृद्धि र प्रविधि तथा रक्षा क्षेत्रको नेतृत्वमा सेयर बजार उकालो लाग्नुले सरकारलाई केही राहत दिएको छ। नेतान्याहुको लिकुड पार्टीले अन्तर्राष्ट्रिय आलोचक तथा न्युयोर्कका मेयर जोहरान ममदानीको तस्बिर समेत प्रयोग गरी विपक्षीलाई हराउन आग्रह गर्ने पोस्टर सार्वजनिक गरेको छ। उनले अरब इजरायली दलसँग गठबन्धन नगर्ने प्रतिबद्धता जनाएका छन्। देशको जनसंख्याको करिब २० प्रतिशत रहेका अरब इजरायली मतदाताको सहभागिता यस पटक निर्णायक हुन सक्ने अनुमान गरिएको छ। निर्वाचन परिणाम नजिकिएमा नयाँ सरकार गठन गर्न हप्ता वा महिना लाग्न सक्छ। आइसेनकोटले अरब दल वा नेतान्याहुसँग गठबन्धन नगर्ने बताएका छन्, तर परिस्थितिअनुसार प्रतिबद्धता बदल्न सक्ने भन्दै आलोचकहरूले शंका गरेका छन्। पूर्व सांसद उरियेल रेइचम्यानले नेतान्याहुको विजयले इजरायलको दक्षिणपन्थी राजनीतिक परिवर्तन स्थायी बनाउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार लोकप्रियतावादी नेताले आफ्ना समर्थकलाई राज्यका संस्थामा स्थापित गर्दै स्वतन्त्र निकायको स्वरूप बदल्न सक्छन् र यस्तो व्यवस्था स्थापित भएपछि त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुन्छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
ताजा खबरJust now

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

रातोपाटी
लागूऔषधसहित नौ जना पक्राउ
ताजा खबरJust now

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

नेपालन्युज
यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
ताजा खबरJust now

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी

साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ।  बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

नेपालखबर
बेपत्ता बालबालिकाको खोजीमा एआई
ताजा खबरJust now

बेपत्ता बालबालिकाको खोजीमा एआई

काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play