Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति

युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले आफ्ना सहयोगी देशबाट रुसी क्षेप्यास्त्र आक्रमणबारे पूर्वचेतावनी प्राप्त हुन थालेको बताएका छन् । पछिल्लो समय रुसले गरेको क्षेप्यास्त्र आक्रमणअघि पर्याप्त सूचना नपाएको गुनासो गर्दै आएका उनले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि पूर्वचेतावनी प्रणाली पुनः सञ्चालनमा आएको बताएका हुन् । नर्वेको भ्रमणमा रहेका जेलिन्स्कीले यसका लागि अमेरिकी पक्षप्रति आभार व्यक्त गरेका थिए। उनले क्षेप्यास्त्र आक्रमणबारे समयमै सूचना प्राप्त हुँदा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान र सेनालाई क्षेप्यास्त्र रोक्ने तयारी गर्न सहयोग पुग्ने बताएका छन् । उनका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भएको टेलिफोन संवादलगायत अमेरिकी अधिकारीहरूसँगको छलफलपछि यस्तो परिवर्तन आएको हो । यसैबीच, रुसले युक्रेनका नागरिक बस्तीमा क्षेप्यास्त्र र मानवरहित विमानबाट ठूलो आक्रमण गरेको छ । अधिकारीहरूका अनुसार उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको छ । जेलिन्स्कीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउन अमेरिका र युरोपेली देशहरूसँग आग्रह गरिरहेका छन् । नर्वेको राजधानी ओस्लोमा जेलिन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ, नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरे र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबसँग पनि भेट गरेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्न सहमति जुटाउने प्रयासमा रहेका विटकफ बुधबार रुसी सहर सेन्ट पिटर्सबर्ग जाने तयारीमा रहेको नर्वेली प्रधानमन्त्रीले बताएका छन् । त्यहाँ उनले रुसी अधिकारीहरूसँग भेट गरी ओस्लोमा भएका छलफल र अमेरिका तथा युरोपेली सहयोगीका प्रस्तावबारे जानकारी गराउने बताइएको छ । जेलिन्स्कीले युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने क्षेप्यास्त्र रोक्ने गोला लगभग सकिन लागेको बताएका छन् । रुसी बलिस्टिक क्षेप्यास्त्रबाट हुने आक्रमण रोक्न यस्ता सामग्री अत्यावश्यक रहेको उनको भनाइ छ । उनले अमेरिकासँग थप क्षेप्यास्त्र पठाउन आग्रह गरेका छन् । तर, अन्य देशले युक्रेनका लागि खरिद गरेका क्षेप्यास्त्रको आपूर्तिमा अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको आरोप उनले लगाएका छन् । जेलिन्स्कीले रुबियोसँग युक्रेनलाई महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने व्यवस्था निरन्तर कायम राख्न पनि आग्रह गरेका थिए। पछिल्ला दिनमा रुसी क्षेप्यास्त्र आक्रमणबारे सूचना नपाएको वा ढिलो प्राप्त गरेको उनको भनाइ थियो । युक्रेनी राष्ट्रपतिले अमेरिकी कम्पनी स्पेसएक्सको उपग्रहमा आधारित इन्टरनेट सेवा स्टारलिङ्कको सैन्य प्रयोजनका लागि प्रयोग गरिने संस्करणमा युक्रेनमाथि लगाइएको गति सीमासम्बन्धी प्रतिबन्ध पनि कायम रहेको बताएका छन् । यसले युद्धमैदानमा सैन्य कारबाही प्रभावित भइरहेको उनको दाबी छ । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका प्रतिबन्धमा केही छुट दिएको भन्दै जेलिन्स्कीले आलोचना गरेका छन् । उनका अनुसार यस्तो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण जारी राख्न सहयोग पुग्न सक्छ । अमेरिकाबाट प्राप्त हुने सहयोग सुस्त भएको आशङ्काबीच जेलिन्स्की र रुबियोबीच महत्त्वपूर्ण छलफल भएको थियो । जेलिन्स्कीले सामाजिक सञ्जालमार्फत रुबियोसँग विस्तृत कुराकानी भएको र सहयोगका लागि उनको तत्परताप्रति आभार व्यक्त गरेका थिए । रुबियोले भने अमेरिकाले युक्रेनलाई सहयोग गर्न छाडेको भन्ने दाबी अस्वीकार गरेका छन् । भारत भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी सहयोगमा कुनै परिवर्तन नभएको बताएका थिए । रुबियोका अनुसार युक्रेनलाई आवश्यक प्याट्रियट क्षेप्यास्त्रको आपूर्ति सीमित छ र विश्वका अन्य क्षेत्रमा पनि यसको माग छ । युक्रेनलाई क्षति पुर्‍याउने उद्देश्यले सहयोग रोक्न कुनै राजनीतिक निर्देशन नदिइएको उनले स्पष्ट पारेका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसम्बन्धी अमेरिकाका नयाँ प्रस्ताव सुन्न मस्को तयार रहेको बताएका छन् । यद्यपि, उनले वासिङ्टनबाट कुनै चमत्कारको अपेक्षा नरहेको टिप्पणी गरेका छन् । The post युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं
ताजा खबरJust now

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । ...

कान्तिपुर
मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’
ताजा खबरJust now

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […] ...

काठमाण्डुपाटी
बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने
ताजा खबरJust now

बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना ग गरेका छन् । ...

कान्तिपुर
ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक
ताजा खबरJust now

ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए। भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’ ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play