Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/युक्रेनले स्टारलिङ्कबाट घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

युक्रेनले स्टारलिङ्कबाट घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनले स्टारलिङ्कबाट घातक ड्रोन आक्रमण गरेको मस्कको आरोप

किएभ।अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो। मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए। उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे। “स्टारलिङ्कका शर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन। शर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,” मस्कले अर्को पोस्टमा लेखेका छन्। यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनका अनुसार, तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक छ। “स्टारलिङ्क बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ,” उनले भने। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका छन्। उनले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी पनि गर्दै आएका छन्। रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सञ्चालनका लागि नागरिक प्रयोजनको स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ। युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले शनिबार निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गतिमा सुधार देखाएको बताएका छन्। उनका अनुसार, प्रणालीको गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको छ र सञ्चार सम्पर्क स्थिर रहेको छ। “यो उपलब्धि हाम्रो अग्रपंक्ति, सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन र सञ्चारका लागि अत्यन्त महत्वपूर्ण छ,” खमाराले भने। उनले आवश्यक गति पुनः प्राप्त भएको र सेवा पुनःस्थापनाको काम रातिदेखि नै सुरु गरिएको पनि बताए। युक्रेनी सेनाका लागि अग्रपंक्तिमा रसद व्यवस्थापन गर्न र रकेटबाट चल्ने ड्रोनको खतरासहितका आक्रमणबाट देशको रक्षा गर्न यो सुधार महत्वपूर्ण रहेको उनको भनाइ थियो। स्टारलिङ्क सञ्जाल पछिल्लो समय युक्रेन र अमेरिकाबीचको विवादको प्रमुख विषय बनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाएका थिए। उनका अनुसार, अमेरिकाले युक्रेनतर्फ लक्षित क्षेप्यास्त्र आक्रमणबारे समयमै पूर्व सूचना नदिएको र स्टारलिङ्कको गति सीमित पारेको कारण युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको थियो। रक्षामन्त्री खमाराले यस विषयमा जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसले सकारात्मक नतिजा दिइरहेको बताएका छन्। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
ताजा खबरJust now

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

गोरखापत्र
बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा  विद्युत् आपूर्ति नियमित
ताजा खबरJust now

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित

पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

कान्तिपुर
दूधको मूल्यमा किसान मारमा
ताजा खबरJust now

दूधको मूल्यमा किसान मारमा

दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

नेपालन्युज
महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
ताजा खबरJust now

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ

फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play