यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

काठमाडौं । दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ । यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी भएको देखाएको ट्राफिक प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्गे्र सवारीसाधनसँग सम्बन्धित रहेको जानकारी दिए । उनका अनुसार तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन् । प्रवक्ता सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा सुधार आएको बताए । यातायात व्यवसायी, मजदुर तथा सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकलाई सुरक्षित यात्रा गर्न सहज भएको उनले बताए । उनले भने, “ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध तवरले काम गर्दा सडक सुरक्षित भएको छ । यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन् ।” दुर्घटना भइराखेको अवस्थामा तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । उनका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सहित जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेको थियो । चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको जाँच, निगरानी तथा प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ । यस वर्ष दसैँका समयमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु सकारात्मक पक्ष भए पनि तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फ्रान्सेली अर्थतन्त्रमा ‘ठुलो संकट’ निम्तिने संकेत
पेरिस । फ्रान्सेली सरकारले यसअघि नै राजनीतिक अस्थिरताको सामना गरिरहेको थियो । सन् २०२४ जुनमा राष्ट्रिय सभाको विघटन भएयता हरेक वर्ष बजेट पारित गर्न समस्या हुँदै आएको छ । यसैबिच पश्चिम... ...

आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति
तेहरान।इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। ...

इरानको आणविक कार्यक्रमबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति
• इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति म्याक्रोनको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै एकरूपता कायम राख्न आग्रह गरेका छन्। • उनले म्याक्रोनको पछिल्लो भनाइ २०१५ को आणविक सम्झौतासँग बाझिएको र इरानमा कुनै पनि आणविक गतिविधिको विरोध गर्ने दाबीप्रति प्रश्न उठाएका छन्। • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं । पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० ...


