आणविक सम्झौतामा म्याक्रोनको भनाइप्रति इरानको आपत्ति

तेहरान।इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गरेका छन्। उनले म्याक्रोनको पछिल्लो भनाइ सन् २०१५ को आणविक सम्झौताप्रतिको तत्कालीन अडानसँग बाझिएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा अराघचीले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट बाहिरिनुअघि म्याक्रोनले अमेरिकी कङ्ग्रेसमा फ्रान्स सम्झौताबाट पछि नहट्ने बताएको स्मरण गराए। उनले म्याक्रोनलाई आफ्नो भनाइ स्पष्ट राख्न आग्रह गर्दै इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको दाबीप्रति प्रश्न उठाए। अराघचीले आफ्नो पोस्टसँगै म्याक्रोनले सन् २०१८ को अप्रिलमा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेको तस्बिर पनि साझा गरेका छन्। उक्त सम्बोधनमा म्याक्रोनले सन् २०१५ को सम्झौता कायम राख्नु पर्ने धारणा राख्दै त्यसलाई इरानको आणविक कार्यक्रम अनुगमन र नियमन गर्ने अन्तर्राष्ट्रिय ढाँचाका रूपमा प्रस्तुत गरेका थिए। सन् २०१५ जुलाई १४ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत, अमेरिका र युरोपेली संघको सहभागितामा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) सम्झौता भएको थियो । यसको उद्देश्य इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा सीमित रहेको सुनिश्चित गर्नु थियो। यसै साता अल जजिरासँगको कुराकानीमा म्याक्रोनले फ्रान्सले इरानमा कुनै पनि प्रकारको आणविक गतिविधिको सधैँ विरोध गर्दै आएको बताएका थिए। यही अभिव्यक्तिलाई लिएर अराघचीले उनको आलोचना गरेका हुन्। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको आर्थिक स्रोतमा दबाब बढाउने नीति जारी रहने बताएका छन्। इरानी नेतृत्वको गतिविधिमा सहयोग पुर्याउने आर्थिक माध्यमहरू बन्द नगरेसम्म अमेरिकी प्रशासन पछि नहट्ने उनको भनाइ छ। उनले इरानको आर्थिक स्रोतमा दबाब बढाउँदै युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यम समेत रोक्ने नीति कायम रहने बताएका छन्। –रासस /एएनआइ
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यमन र साउदीमा राजनीतिक समाधान खोज्न राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । ...

सिगारु नाच : हस्तान्तरण हुँदै मौलिक संस्कृति
सिगारु नाचमा सामूहिक सहभागिताको विशेष महत्त्व छ । ...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं।साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले ...

काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप
काठमाडौं । शुक्रबार आज काठमाडौं उपत्यकाकामा सडकमा सवारी चाप बढेको छ। दसैँका लागि उपत्यका बाहिरिएका मानिसहरू फर्किन थालेसँगै सडकमा चहलपहल बढन थालेको हो । अन्य दिनको तुलनामा आज (शुक्रबार) सार्वजनिक सवारीसाधनको चाप बढ्नुका साथै यात्रु र पैदलयात्रीको आवागमन पनि बढेको पाइएको छ । यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको थियो। दसैँ बिदापछि उपत्यकामा मानिसहरूको आवागमन बढ्दै ...


