यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

कायरो।यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्। यमनी सेनाका दुई अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारका ती अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएकाले नाम गोप्य राख्ने शर्तमा घटनाबारे जानकारी दिएका हुन्। पछिल्ला दिनमा यमनमा बढ्दै गएको द्वन्द्वका घटनामध्ये यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो। इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वका कारण क्षेत्रीय तनाव चुलिएसँगै केही महिनायता यमनमा पनि लडाइँ तीव्र बनेको छ। हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाएको छ। उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न मद्दत गरेको थियो। यसैबीच, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा यमनको उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन्। हुथी विद्रोहीका अनुसार, सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको वा उनीहरू घाइते भएका छन्। यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। –रासस/एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो
जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको... ...

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ
ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […] ...

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
सुडान । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले... ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्। उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्... ...


