यमनमा राष्ट्रपति भवनमाथि क्षेप्यास्त्र हमला, 'प्रधानमन्त्री र मन्त्रीहरू सुरक्षित'

UGC यमनको दक्षिणी बन्दरगाह शहर एडेनस्थित राष्ट्रपति भवनलाई निशाना बनाई गरिएको एउटा हूथी क्षेप्यास्त्र हमलामा पाँच जनाको मृत्यु र १६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको मुकाम त्यहीँ रहिआएको छ।अल-माशिक प्यालेसमाथि पाँच वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाउँदै सूचनामन्त्री मोअम्मर अल-एरियानीले प्रधानमन्त्री र अरू मन्त्रीहरूलाई कुनै चोटपटक नलागेको बीबीसीलाई बताए।"एडेनमा रहेको शत्रु साउदी अरबको सैन्य कारबाही गर्ने मुख्यालय" माथि आफूहरूले हमला गरेको हूथीका सैनिक प्रवक्ता याह्या सरेआले बताएका छन्। यमनमा हूथीहरूको नियन्त्रणमा रहेको विमानस्थलमा हवाई हमला साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि हमला गरेको हूथी विद्रोहीको दाबी साउदी अरब नेतृत्वको गठबन्धनले यमन सरकारलाई समर्थन गर्छ र इरान समर्थित हूथी विद्रोहीहरूविरुद्ध सरकार समर्थक सेनाको आक्रमणमा हवाई सहायता प्रदान गर्दै आएको छ।'कायरतापूर्ण कार्य'यमनका स्वास्थ्यमन्त्री कासिम बुहाइबेले आक्रमणमा परी ज्यान गुमाउनेहरूमा "सुरक्षाकर्मी र गैर सैनिक कर्मचारीहरू" रहेका बताएका छन्।यमनका प्रधानमन्त्री शाया जिन्दानीले एडेनमा गरिएको हूथी हमलाको भर्त्सना गर्दै त्यसलाई "कायरतापूर्ण" र "उनीहरूको आपराधिक व्यवहारको निरन्तरता" को सङ्ज्ञा दिएका छन्।सरकारले आफ्ना दायित्व पालना गरिरहने र यमनको दक्षिणपश्चिमी रेड सी तट तथा अन्य अग्रमोर्चाहरूमा हूथीहरूविरुद्ध कारबाही जारी राख्ने आफ्नो सेनाको सङ्कल्पलाई कमजोर हुन नदिने उनले प्रतिबद्धता जनाएका छन्।यसअघि हूथी विद्रोहीहरूले बिहीवार साउदी अरबमा आक्रमण गरेको अस्वीकार गरेका थिए।साउदी नेतृत्वको गठबन्धनले आफ्ना फौजहरूले इस्लाम धर्मका सबैभन्दा पवित्र स्थलहरूमध्ये एक मदिना क्षेत्रमा क्रूज क्षेप्यास्त्रलाई रोकेको बताएको थियो।राजधानी सानालगायत पश्चिमी यमनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा गरिएका आक्रमणको प्रतिक्रियामा हूथी विद्रोहीहरूले साउदी अरबका विमानस्थलहरू, तेल तथा ग्यास केन्द्र र सैन्य अड्डाहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमलाहरू गरेका छन्।शनिवार रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा हूथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र हमलामा १३ जनाको मृत्यु भएको थियो। त्यो विगत एक दशकभन्दा बढी समययता साउदी अरबमा गरिएको सबैभन्दा घातक आक्रमण थियो। हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था ड्रोन हमलापछि साउदी अरेबियाले गर्यो मुख्य तेल पाइपलाइन बन्द इरानले उक्साएको आरोपसाउदी अरबसँगको द्वन्द्व बढाउन इरानले हूथी विद्रोहीहरूलाई उक्साएको साउदी अरबका उपविदेशमन्त्रीले आरोप लगाएका छन्।"इरानले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन गर्दै हूथी लडाकुहरूलाई अस्त्र, तालिम र समर्थन दिन जारी राखेको छ," रायद क्रिम्लीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।"हामीलाई लाग्छ कि द्वन्द्वको यो पछिल्लो चरणमा हूथीहरूले गरेको हिंसा इरानले उक्साएर भएको हो," उनले भने।इरान सरकारको तर्फबाट तत्काल कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। यद्यपि उसले हूथीहरूलाई अस्त्र आपूर्ति गर्ने कुरा अस्वीकार गर्दै आएको छ। उनीहरूलाई राजनीतिक समर्थन चाहिँ गरेको तेहरानले बताउने गरेको छ। बाब अल-मान्डब : इरानले बन्द गर्ने धम्की दिइरहेको दोस्रो महत्त्वपूर्ण जलमार्गतेल अभिभमा ड्रोन प्रहार भएपछि यमनमा हूथीविरुद्ध इजरेलको हमला इरानका विदेशमन्त्रीले साउदी अरब र हूथी विद्रोहीहरूबीच वार्ता शुरू गर्न आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।हूथी विद्रोहीहरूले सन् २०१४ मा सानामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेपछि शुरू भएको गृहयुद्धले यमन तहसनहस भएको छ।सन् २०१५ मा साउदी नेतृत्वको अरब देशहरूको गठबन्धनले सरकार पुनर्स्थापित गर्न हस्तक्षेप गरेपछि द्वन्द्व बढेको थियो।गत जुलाई महिनामा हूथीहरूले साउदी अरबविरुद्ध "समुद्री प्रतिबन्ध" घोषणा गरेपछि र रेड सीमा साउदी सम्पत्तिहरूमाथि क्षेप्यास्त्र एवं ड्रोन हमला गरेपछि चार वर्ष पुरानो अनौपचारिक युद्धविराम भङ्ग हुन थालेको हो।आफ्नो क्षेत्रमा नाकाबन्दी र साना विमानस्थलमा गरेको हवाई आक्रमणको प्रतिक्रियामा साउदी अरबमाथि हमलाहरू गरिरहेको हूथीहरूले बताएका छन्। अमेरिकाद्वारा यमनका हूथी विद्रोहीमाथि हवाई आक्रमणअमेरिका र यूकेद्वारा यमनका हूथी निशानामा ताजा हमला, के त्यसले रेड सीमा पानीजहाजको ओहोरदोहोर सहज पारेको छ? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...


