Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ । आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानिल्सनले गोल गरे । खेलको ३८औँ मिनेटमा रायनको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । पाँच मिनेटपछि टाभर्नियरले टोलीको अग्रता दोब्बर बनाए । इभानिल्सनले ७१औँ मिनेटमा गोल गर्दै बर्नमाउथलाई सहज जित दिलाए । जितसँगै आठ खेलबाट ९ अंक जोडेको बर्नमाउथ १३औँ स्थानमा छ । पराजित युनाइटेड समान खेलबाट समान अंकका साथ १६औँ स्थानमा छ । आइतबारै सम्पन्न अन्य खेलमा लिभरपुलले ब्राइटन तथा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दा सन्डरल्यान्डले लिड्ससँग गोलरहित र हल सिटीले ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेले ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
ताजा खबरJust now

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा... ...

रातोपाटी
दसैँको साख
ताजा खबरJust now

दसैँको साख

आफैँभित्र भरिपूर्ण सुन्दर, समृद्ध शब्द हो झैँ लाग्छ दसैँ । प्रत्येक अक्षरमा विचित्रको रङ्गीचङ्गी चित्र देखिन्छ, यसमा । प्रत्येक ध्वनिमा सुरिलो स्वरकम्पन र बुनोटको बान्कीमा मायावी आ... ...

गोरखापत्र
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
ताजा खबरJust now

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री ...

नेपालन्युज
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउँदै [तस्वीरहरू]

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा आउने तयारीमा छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, पुल उद्घाटनको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। ललितपुर महानगरपालिका–१३ अन्तर्गत चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा तयार पारिँदै छ। लिफ्टको सुविधासहित निर्माण गरिएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play