मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन्। समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन्। मन्त्री रावलले भनिन्, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ।” बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन्। मन्त्री रावलले भनिन्, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ?, आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनु पर्नेछ। उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ।” अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, “त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौं। कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ।” मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन्। उनले भनिन्, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौं। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ।”
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, आजै नियुक्ति पत्र दिने तयारी
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आज नियुक्तिपत्र दिने तयारी रहेको समेत उच्च स्रोतले जनाएको हो। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि ३ जनाको सर्टलिस्ट पठाएको थियो। तीन सदस्यीय छ... ...

कर्णाली याक्सका साहिबजादा फरहान पाकिस्तान फर्किने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । पाकिस्तानले उनलाई श्रीलङ्कासँगको... ...

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती
कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली नभित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् । ...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएपछि त्यसको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले प्रदर्शन गर्दै उनको नियुक्ति खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले आनी छोइङ डोल्मासँग सम्बन्धित नागरिकता र सम्पत्ति शुद्धीकरणका विषयमा समेत ...


