म्याग्दीमा विद्युत् आपूर्ति पूर्ववत

म्याग्दी।गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत आपूर्ति पूर्ववत भएको छ। नेपाल विद्युत प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत आपूर्ति पूर्ववत् गरेका हुन्। प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबार बत्ती बलेको जानकारी दिए। “धेरै ठाउँमा दुई–तीन दिनमै विद्युत आपूर्ति गराएका थियौं। पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैंको समयमा रातिसम्म परिचालन भयौ,” उनले भने, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत आपूर्ति गराएका छौं। दोस्रो चरणमा थप मर्मत गरी विद्युत आपूर्तिलाई नियमित र ब्यवस्थित बनाउने प्रयासमा छौं।” म्याग्दी बितरण केन्द्र अन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन्। तातोपानी वितरण केन्द्र अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडासहित मुस्ताङमा विद्युत आपूर्ति हुन्छ। बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो। कुल एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए। अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत आपूर्ति गरिएको छ। यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत आपूर्ति हुने गरेको थियो। पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए। विद्युत आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित
पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

दूधको मूल्यमा किसान मारमा
दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...


