मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने बताउनुभएको हो । उहाँले भाषा र संस्कृति कुनै समुदायको विगतसँग मात्र जोडिएका विषय नभई भावी पुस्ताको पहिचानसँग समेत अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो । ‘हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’ नेपाल भाषासहित बागमती प्रदेशमा प्रचलनमा रहेका मौलिक भाषाहरूको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । भाषा, लिपि, कला र संस्कृतिको संरक्षणले समुदायको मौलिक पहिचान जोगाउन मद्दत पुग्ने भएकाले तिनको पुस्तान्तरण र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षणका क्रममा भएको छलफलमा भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा सरोकारवालासँग विचार विमर्श गरिएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका मौलिक भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड
मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको ...

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचारप्रसार गर्न थालेपछि घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाको व्यापार विस्तार भएको छ । धरानको भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । पसलबाट बिक्री गर्ने महिलासँगै घरमै उत्पादन तयार ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यसवर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष दसैँमा उक्त बजारबाट २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । ...


