Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु, १८ र ३० वर्षका युवक घाइते

मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु, १८ र ३० वर्षका युवक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु, १८ र ३० वर्षका युवक घाइते

काठमाडौं । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन्। बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति बा.प्र.०२-०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भीर घाइते बोटेको उपचारका क्रममा गएराति नौ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे घाइते भएका छन्। घाइते दुवैको लक्ष्मी सिटी अस्पताल डुम्रे, तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
ताजा खबरJust now

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ। आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश ...

नेपालन्युज
हरायो खेन्हुवा र खढी
ताजा खबरJust now

हरायो खेन्हुवा र खढी

धनगढी समाचारदाताधनगढी, कात्तिक १२ गते । थारू समुदायमा धान थन्क्याउने परम्परागत विधि खेन्हुवा र खढीको चलन विस्तारै हराउँदै गएको छ । आधुनिक तरिकाले छिटो धान थन्क्याउने प्रविधि आएसँगै... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play