Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मेलमिलाप विधेयकमा पीडितले न्याय पाउने सुनिश्चितता र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड

मेलमिलाप विधेयकमा पीडितले न्याय पाउने सुनिश्चितता र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेलमिलाप विधेयकमा पीडितले न्याय पाउने सुनिश्चितता र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले मेलमिलापसम्बन्धी दोस्रो संशोधन ऐन, २०८३ माथि सरोकारवालाबाट प्राप्त सुझावलाई विधेयक परिमार्जनका लागि प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएकी छन् । ‘हेलो सांसद’ कार्यक्रममा मेलमिलापसम्बन्धी दोस्रो संशोधन ऐन, २०८३ माथि आयोजित सरोकारवालाबीचको अन्तरक्रियामा बोल्दै सभापति बास्कोटाले विधेयक समितिमा दफावार छलफलका लागि आइसकेको जानकारी दिइन् । उनले भनिन्, ‘समितिमा यस विषय दफावार छलफलका लागि आइसकेको छ । पहिलो बैठकमा सैद्धान्तिक छलफल गरिसकेका छौँ, अब संशोधनकर्ता माननीयज्यूहरूलाई बोलाउने र त्यसपछि स्टेकहोल्डर इङ्गेजमेन्ट प्रक्रिया छ, त्यसमा जान्छौँ ।’ उनले विधेयकमाथि समितिको पहिलो बैठकमा सैद्धान्तिक छलफल भइसकेको बताइन् । अब संशोधन प्रस्तावकर्ता सांसदहरूलाई बोलाउने र सरोकारवालासँग छलफल गर्ने प्रक्रिया अघि बढाइने बताइन् । त्यसपछि समितिका सदस्यहरूबीच दफावार छलफल गरिने उनले बताइन् । ‘प्राप्त सल्लाह, सुझाव र रायलाई टिपोट गरेर प्रतिवेदन नै दिनुभयो भने त्यो हामीलाई प्रभावकारी हुन्छ भन्ने लाग्छ,’ उनले भनिन् । यसैगरी, नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले मेलमिलाप प्रक्रियामा आर्थिक अवस्था र पहुँचका आधारमा नभई प्रत्येक नागरिकले न्याय पाउने सुनिश्चितता हुनुपर्ने बताइन् । उनले मेलमिलापसम्बन्धी विधेयक संसद् हुँदै समितिमा आइसकेको र यसमाथि सैद्धान्तिक छलफल भइसकेको उल्लेख गर्दै दफावार छलफल हुन बाँकी रहेको बताइन् । ‘प्रत्येक नागरिकले न्याय पाउनुपर्छ । न्याय पाउने स्थान भनेको न्यायालय हो,’ उनले भनिन्, ‘मेलमिलाप न्यायसम्बन्धी प्रक्रिया पैसा र पहुँच हुनेहरूका लागि मात्र हुनुहुँदैन ।’ सांसद कर्णले मेलमिलाप प्रक्रियामा दुवै पक्षको कुरा सुनिनुपर्ने भएपनि पीडितले न्याय पाए–नपाएको सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको बताइन् । त्यसका लागि पीडितले न्याय पाएको अवस्थाको मूल्याङ्कन गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो । यसैगरी नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन स्थानीय तहलाई थप अधिकार दिनुपर्ने बताए । उनले मेलमिलाप परिषद्का पदाधिकारीको व्यवस्थापन, स्थानीय तहको क्षमता अभिवृद्धि तथा विधेयकमाथि संशोधनसहित छलफल हुनुपर्नेमा जोड दिए । श्रेष्ठले साना विवादले पनि ठूलो रूप लिन सक्ने भएकाले समाजमा सद्भाव र मैत्रीपूर्ण वातावरण कायम गर्न मेलमिलापको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले मेलमिलापसम्बन्धी २०६८ सालको ऐनलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई छिटोछरितो न्याय उपलब्ध गराउने उद्देश्यले संशोधन ऐन ल्याइएको उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

एनपीएललाई आईसीसीको औपचारिक मान्यता
ताजा खबरJust now

एनपीएललाई आईसीसीको औपचारिक मान्यता

नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको हो । ...

कान्तिपुर
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
ताजा खबरJust now

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् । ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति
ताजा खबरJust now

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ...

कान्तिपुर
भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने
ताजा खबरJust now

भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने

राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play