Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मेरो कारणले द्वन्द्व नफैलिओस्

मेरो कारणले द्वन्द्व नफैलिओस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेरो कारणले द्वन्द्व नफैलिओस्

नेपाल सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी मलाई दिने निर्णय गरेर घोषणा गरेपछि विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन्। धेरैले मलाई आशीर्वाद दिनुभएको छ। ‘राम्रो काम गर्नु, हामी तिमीलाई विश्वास गर्छौँ, तिमीले सक्छौ’ भनेर मेरो मनोबल बढाउनुभएको छ। धेरैले शुभेच्छा र शुभकामना व्यक्त गर्नुभएको छ। त्यसप्रति म साँच्चै नै हृदयदेखि आभारी छु। विगतमा आफ्नो जीवनमा धेरै यस्ता कुराहरूबाट पार लागिसकेकाले मैले त्यति वास्ता गरेको थिइनँ। साथसाथै, जुन स्वाभाविकै हो, असन्तुष्टि र विरोधका विषयवस्तुहरू पनि देखा परे। त्यो अहिलेसम्म पनि छ। विगतमा पनि त्यस्तै घटनाहरू घटिराख्थे। कुनै पनि नियुक्ति हुँदाखेरि असन्तुष्टि र विरोध भइराखेकै कुरा हो। त्यसैले यो पनि भइराखेकै चिज हो भन्ने मलाई लागिरहेको थियो। तर यसलाई अझै सक्रियताका साथ अगाडि बढाएपछि चाहिँ मैले यो के रहेछ भन्ने बुझ्ने कोसिस गरेँ। बुझ्ने कोसिस त गर्नुपर्‍यो। त्यही क्रममा कसले गरिराखेको छ, किन गरिराखेको छ र केका लागि गरिराखेको छ भन्ने विषयवस्तु मलाई स्पष्ट भयो। त्यति हुँदाहुँदै पनि मलाई के लागेको थियो भने जे गरे पनि गरिराखून्, मैले आफ्नो सत्कर्म र आफ्नो कर्म चाहिँ राम्रो गर्नुपर्छ। यस्ता विघ्नबाधा र आलोचनाका कुराहरू त भइराख्ने नै हुन्। विगतमा आफ्नो जीवनमा धेरै यस्ता कुराहरूबाट पार लागिसकेकाले मैले त्यति वास्ता गरेको थिइनँ। हाम्रो देशमा अहिले भूराजनीति अत्यन्तै सक्रिय रहेको अनुभव गर्न पाइन्छ। तर अहिले चाहिँ हिजोदेखि विशेष गरेर मेरो पक्षमा बोल्ने क्रममा आएका एक-दुईवटा अभिव्यक्ति, सामाजिक सञ्जालका कमेन्ट र भिडियोहरू देख्दाखेरि म अलिकति झसङ्ग भएँ। किनभने उहाँहरूको नियत त मप्रतिको माया र विश्वासका कारण मेरो रक्षामा उत्रेर बोल्नु नै हो। तर मलाई कस्तो लाग्यो भने यो विषयवस्तुले कतातिर लैजाँदै छ भनेर सोच्न थालेँ। अलिकति गम्भीर भएर पनि सोचेँ। यसले नराम्रो परिणाम निम्त्याउँछ कि? किनभने हाम्रो देशमा अहिले भूराजनीति अत्यन्तै सक्रिय रहेको अनुभव गर्न पाइन्छ। यो असन्तुष्टिको विषयवस्तु र अनावश्यक आधारहीन लाञ्छनाहरू मप्रति लगाएर, आरोपका विषय भनौँ न, जुन नागरिकताको विषय भनिराखिएको छ, सम्पत्ति शुद्धीकरण भनिराखिएको छ, १८ करोड भनिराखिएको छ, यी विषयवस्तुलाई लिएर मलाई बदनाम तुल्याउने र एकदमै आपराधिक छविको बनाउने प्रयास भइराखेको छ। मेरो कारणले कहीँ कतै घृणा फैलिने काम नहोस्। द्वन्द्व फैलिने काम नहोस्। तर मलाई के लागेको थियो भने यदि म चोखो छु, मेरो हृदयमा कुनै खोट छैन र यो देशप्रति मैले कुनै गद्दारी गरेको छैन भन्ने कुरामा म स्पष्ट छु भने सत्य आफैँ बोल्छ। त्यही विश्वासमा म बसिराखेकी थिएँ। तर अब चाहिँ सजग हुनुपर्ने बेला आयो। मलाई माया गरेर मेरो पक्षमा बोलेको, मेरो रक्षामा उत्रिएको भए पनि अन्य जातजातिलाई अपमान गर्ने या अन्य सम्प्रदायलाई ठेस पुर्‍याउने खालका अभिव्यक्ति, अपशब्द र अपमानजनक भाषा हामीले प्रयोग गर्नु हुँदैन भन्ने मेरो मान्यता हो। किनभने म सानैदेखि जुन गुरुको शरणमा हुर्किन पाएँ, उहाँले दिएको संस्कार ममा त्यही छ। मेरो कारणले कहीँ कतै घृणा फैलिने काम नहोस्। द्वन्द्व फैलिने काम नहोस्। हुन त एकछिन आवेगमा आएर यस्तो मान्छेलाई यस्तो नराम्रो भन्नुपर्छ, तिनीहरूलाई पाखा लगाउनुपर्छ भन्ने खालका कुरा आउलान्। तर त्यसमा प्रयोग हुने शब्दहरूबारे हामी सजग र सचेत भएनौँ भने यसैमाथि टेकेर हाम्रो देशमा जातीय द्वन्द्व फैलाउन सक्छन्। त्यो सम्भावना मैले पनि देखेकी छु। मैले महसुस पनि गरेँ। धार्मिक द्वन्द्व पनि फैलाउन सक्छन्। यसका संकेतहरू मैले देखिरहेकी छु। धेरै होस पुर्‍याउनुपर्छ। बदनियतबाट परिचालित भएर, पैसामा लालायित भएर अर्काको छवि ध्वस्त पार्छु भन्ने सोच बोकेर काम नगर्नुस्। अब जसजसले मलाई यी लाञ्छनाहरू लगाइराख्नुभएको छ, यो विषयवस्तुलाई लिएर अलिकति प्रश्न छ, बुझ्न मन छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि नेपालमै छ, काठमाडौँमै छ। सजिलैसँग पुग्न सकिन्छ। त्यहाँ गएर मेरो विषयमा कुनै मुद्दा दायर भएको रहेछ कि रहेनछ भन्ने कुरा बुझ्नुस्। त्यस्तैगरी पैसाको विषयमा बुझ्नु छ भने राष्ट्र बैंक पनि यही बालुवाटारमा छ। अन्य विभागहरू पनि होलान्। त्यहाँ गएर बुझ्नुस्। मेरो नागरिकताको विषयमा बुझ्नु छ भने हाम्रो देशमा जिम्मेवार निकाय छ, जहाँबाट नागरिकता बनाइन्छ। त्यहाँ पनि गएर बुझ्नुस्। सत्यतथ्य राम्रोसँग खोजतलास गर्नुस्। यसरी अनायासै समय र शक्ति नाश नगर्नुस्। बदनियतबाट परिचालित भएर, पैसामा लालायित भएर अर्काको छवि ध्वस्त पार्छु भन्ने सोच बोकेर काम नगर्नुस्। एकछिनका लागि पैसा त आउला। मासुभात खाउँला। दसैँतिहार रमाइलो होला। आफ्ना आफन्त, छोराछोरी, श्रीमती, आमाबुबा सबैलाई कोसेली किन्न सकिएला। तर त्यसपछि तपाईंले गैरजिम्मेवार भएर गरेको क्रियाकलापले ठूलो अप्रिय घटना घट्यो भने त्यसको पाप त तपाईंले सधैँ भोग्नुपर्छ। मैले यो ५५ वर्षको उमेरसम्म यति त ख्याति कमाउन सफल भएकी छु कि आजको दिनमा म जुनसुकै देशमा गएर त्यो देशको नागरिक हुन चाहेँ भने सजिलैसँग पाउँछु। सामाजिक सञ्जाल हेरिराख्ने धेरैभन्दा धेरै सोझासाझा नेपालीहरूको दिमागमा, उहाँहरूको मनमा गलत कुरा र अफवाह फैलाउनु ठीक होइन। उहाँहरूको मनमा पनि मप्रति प्रश्न उठ्छ या रिस उठ्छ। रिसको झोकमा नराम्रा अपशब्दहरू बोल्लान्। त्यसले गर्दाखेरि एकले अर्कालाई नराम्रो भन्ने अवस्था आउन सक्छ। मेरो रक्षामा पनि मान्छेहरू उत्रिराखेका छन्। तिनीहरू पनि रिसाउलान्। यसरी झगडा निम्त्याउने काम भइराखेको छ। त्यो नहोस् भन्ने चिन्ता हो मेरो। अब तपाईंहरू राम्ररी सोच्नुस् न। मैले यो ५५ वर्षको उमेरसम्म यति त ख्याति कमाउन सफल भएकी छु कि आजको दिनमा म जुनसुकै देशमा गएर त्यो देशको नागरिक हुन चाहेँ भने सजिलैसँग पाउँछु। यो हाँसोको विषय हो हुन त। तर यस विषयलाई लिएर त्यति स्पष्टीकरण दिनुपर्छ जस्तो लाग्दैन। त्यही पनि भनिहालौँ। म यो देशमा बसेर यो देशको सेवा गर्छु। आफ्नो साधना पनि यही देशमा गर्छु। बुद्ध जन्मेको पुण्यभूमिमा जन्मिन पाएकी छु। यो मेरो सौभाग्य हो। म उहाँकै पथमा लागिराखेकी छु। सद्गुरुको शरण मैले यो देशमा पाएकी छु। यो देशको गुण र नुनको सोझो हुनुपर्छ भन्ने सोच बोकेर हिँडिराखेकी छु। यो विषयलाई लिएर मैले स्पष्टीकरण दिनुपर्छ जस्तो लाग्दैन। त्यही पनि ठीकै छ। मेरो धर्म पनि यहीँ गर्छु, कर्म पनि यहीँ गर्छु। यही देशमा मर्न पाऊँ भनेर सोचेर बसिराखेकी मान्छे हुँ म। अब तपाईंहरू बुझ्नुस् न। अहिले साना नानीहरूदेखि लिएर १०-१२ कक्षा सक्नासाथ के गर्छौ, भविष्यको के योजना छ भनेर सोध्दा विदेश जाने भन्ने हुन्छ। आफ्नै देश छोडेर अर्काको देशमा जाने र त्यो देशको नागरिक बन्ने अवस्था छ। बाध्यता भनौँ या लालसा, कसलाई रहर नहोला र आफ्नो जीवनको गुणस्तर अलिकति सुधारौँ भन्ने? गाडी चढौँ, आफ्नो घर होस्, खानलाउनमा दुःख नहोस्, छोराछोरीलाई राम्रो ठाउँमा पढाउन पाऊँ, राम्रो भविष्य निर्माण गरौँ भन्ने सोच नबोक्ने को होला र? धेरैभन्दा धेरै मानिस अर्काको देशमा गएर काम गरेर नेपालमा भएका आफ्ना परिवारलाई सुखको जीवन दिऊँ भन्ने सोचले बाध्यताका साथ देश छोडेर हिँड्नुपरेको छ। त्यस्तो परिस्थितिमा म चाहिँ आफ्नै देशमा बस्छु। यहीँ बसेर गर्छु। मेरो धर्म पनि यहीँ गर्छु, कर्म पनि यहीँ गर्छु। यही देशमा मर्न पाऊँ भनेर सोचेर बसिराखेकी मान्छे हुँ म। अब यही विषयलाई लिएर धेरै चर्चा गरिराख्नुपर्ने जरुरी देख्दिनँ। तैपनि के भन्ने? जेहोस्, यति धेरै मानिसहरूले मप्रति माया देखाउनुभएको छ। मप्रति विश्वास राख्नुभएको छ। तपाईंहरू सबैलाई मेरो यति बिन्ती छ, तपाईंहरूको विश्वासमा म खरो उत्रिनेछु। ‘आहा, हाम्रो यो चेलीले यो देशलाई राम्रो सेवा गर्‍यो’ भनेर गर्व गर्ने वातावरण म बनाउनेछु। त्यति चाहिँ मैले तपाईंहरूलाई बिन्ती गरेँ। जातीय घृणा फैलाउनुजस्तो डरलाग्दो अरू केही हुँदैन। यो हाम्रै देशका निम्ति घातक कुरा हो। अन्य कुरामा कसैले लाञ्छना लगायो, आरोप लगायो भनेर म विचलित छैन। अलिकति दुःखी भएकी छु र चिन्तित भएकी छु। यही विषयवस्तुमाथि टेकेर अन्य अप्रिय घटना नघटोस्, घृणा नफैलियोस् भन्ने मेरो चिन्ता हो। किनभने जातीय घृणा फैलाउनुजस्तो डरलाग्दो अरू केही हुँदैन। यो हाम्रै देशका निम्ति घातक कुरा हो। हाम्रै मान्छेहरू, तपाईंहरू र हाम्रै निम्ति असाध्यै घातक कुरा हो। यसमा एकदमै विचार पुर्‍याउनुहोस्। अब आगामी दिनमा आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सकूँ भनेर ठूलाबडाहरूबाट आशीर्वाद पाऊँ। उस्तै उमेरका साथीहरूबाट शुभेच्छा र साथसहयोग पनि चाहिन्छ, ताकि आफ्नो काम र कर्तव्य राम्ररी निभाउन सकूँ। मेरो शिरमा मेरा गुरु सद्गुरु सधैँ रहनुहुन्छ। उहाँको मानसम्मानमा कहीँ कतैबाट पनि आँच आउने काम मैले कहिल्यै गर्नेछैनँ। (लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले फेसबुकमार्फत ९ कात्तिक २०८३ मा सार्वजनिक गरेको भिडियो वक्तव्यको सम्पादित अ‌ंश।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए
ताजा खबरJust now

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन्। पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको ...

नेपालन्युज
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड ६१ लाख बढी पुग्यो मौज्दात, सहयोग आउने क्रम जारी
ताजा खबरJust now

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड ६१ लाख बढी पुग्यो मौज्दात, सहयोग आउने क्रम जारी

• रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ। • आज बिहान ९ः०० बजेसम्म कोषका विभिन्न खातामा १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ। • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ र डलर ...

नेपालबहस
स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म
ताजा खबरJust now

स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ। दिवसका अवसरमा मङ्गलवार देशभरका करिब ३५ जिल्लामा रक्तदान,... ...

रातोपाटी
युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष
ताजा खबरJust now

युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष

काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले गाजामा नरसंहार जारी राखेको निष्कर्ष निकालेको छ। इजरायलले भने आयोगको प्रतिवेदनलाई आफ्नो देशलाई बदनाम गर्ने गलत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play