Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन्। पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिइन्। तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन्। पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ। सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन्। असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ। तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताइन्। यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ। चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताइन्। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन्। जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

चाडपर्वको मौसम बढ्यो कुराउनीको बिक्री
ताजा खबरJust now

चाडपर्वको मौसम बढ्यो कुराउनीको बिक्री

अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । चाडपर्वसँगै हेटौँडाको चुच्चेखोलामा कुराउनी (खुवा) को बिक्री पाँच गुणासम्म बढेको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा पर्ने चुच्चेखोलाका... ...

गोरखापत्र
जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !
ताजा खबरJust now

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !

चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन्। सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष ...

केन्द्रबिन्दु
एनपीएल सिजन–३ प्रत्यक्ष डिसहोममा अतिरिक्त शुल्कविना एचडीमा हेर्न पाइने
ताजा खबरJust now

एनपीएल सिजन–३ प्रत्यक्ष डिसहोममा अतिरिक्त शुल्कविना एचडीमा हेर्न पाइने

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ। डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कविना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन्। खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ। सदस्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play