Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेदान्त र किस्ट हस्पिटल सहकार्यको एक वर्ष
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भारतको मेदान्त-द मेडिसिटी र नेपालको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीचको चिकित्सकीय सहकार्यले एक वर्ष पूरा गरेको छ । सहकार्यको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा ‘क्लिनिको-सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ विषयक स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले मुटुसम्बन्धी उपचार र छातीको शल्यचिकित्सामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगबारे चर्चा गरेका थिए । जसले सीमापार स्वास्थ्य सेवा साझेदारी, चिकित्सा प्रविधि प्रयोग र विशेषज्ञ चिकित्सकबीच ज्ञान आदानप्रदानका नयाँ सम्भावना उजागर गरेको उनीहरूको भनाइ थियो । भारतको पद्मभूषणबाट सम्मानित मेदान्तका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहानले मुटुसम्बन्धी उपचारमा एआईले उच्च जोखिममा रहेका बिरामीको प्रारम्भिक पहिचान, चिकित्सकीय निर्णय प्रक्रिया र शल्यक्रियाको योजना निर्माणमा सहयोग पुर्‍याउन सक्ने बताउनुभयो । त्यस्तै, मेदान्तको छाती शल्यचिकित्सा, छातीको क्यान्सर शल्यचिकित्सा तथा फोक्सो प्रत्यारोपण संस्थानका अध्यक्ष डा. अरविन्द कुमारले छातीसम्बन्धी रोगको प्रारम्भिक पहिचान र जटिल शल्यक्रिया योजना निर्माणमा एआईको बढ्दो भूमिकाबारे प्रकाश पार्नुभयो । कार्यक्रममा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापा, मुटु शल्यचिकित्सा विभागका प्रमुख डा. रमेश कोइराला तथा छाती र रक्तनलीसम्बन्धी शल्यचिकित्सा विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरको सहभागिता थियो । सन् २०२६ मा न्युजविकले भारतको उत्कृष्ट अस्पतालका रूपमा सूचीकृत गरेको मेदान्तले अन्तर्राष्ट्रिय बिरामीका लागि पारदर्शी उपचार शुल्क र विशेष सहायता सेवाबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो । विशेषगरी नेपालबाट उपचारका लागि भारत जाने बिरामीलाई लक्षित गरी उल्लेखित सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । मेदान्त ब्राण्डअन्तर्गत सञ्चालन हुने ग्लोबल हेल्थ लिमिटेडले सन् २०२६ सेप्टेम्बर ३० सम्म तीन हजार आठ सय ११ शैय्याको क्षमतासहित भारतका विभिन्न स्थानमा छवटा अस्पताल सञ्चालन गरिरहेको छ । जसले गुवाहाटीसहित थप छवटा अस्पताल निर्माण गर्ने योजना अघि बढाएको छ । ३० भन्दा बढी चिकित्सा विशेषज्ञताका क्षेत्रमा सेवा प्रदान गर्दै आएको मेदान्तमा दुर्ई हजार पाँच सयभन्दा बढी चिकित्सक कार्यरत रहेको मेदान्तले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
Latest NewsJust now

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ । हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले... ...

रातोपाटी
सुकुम्बासीको कन्तबिजोक !
Latest NewsJust now

सुकुम्बासीको कन्तबिजोक !

सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई त्यहाँबाट हट्न निर्देशन दिएको छ । वर्तमान सरकार गठन भएपछि अव्यवस्थित रूपमा बसेका सुकुम्बासी हटाउने कामलाई तीव्रता दिइएको थियो । खोला किनार, विभिन्न सार्वजनिक जग्गालगायत कतिपय ठाउँहरूमा व्यक्तिका जग्गासमेत मिचेर सुकुम्बासी बस्दै आएका थिए । यसले गर्दा शहरको बीचबीचमा हाँसका बथानमा बकुल्ला जसरी अव्यवस्थित बसोवास र सुन्दर बस्तीका बीच र छेउछाउमा रहेका झुप्राहरूले गर्दा शहर ...

हिमालय टाइम्स
विराट एक्स्पोसँगै तीनदिने ‘विराट बिजनेस समिट’ हुने
Latest NewsJust now

विराट एक्स्पोसँगै तीनदिने ‘विराट बिजनेस समिट’ हुने

विराटनगर । उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म सञ्चालन गर्ने नवौं विराट एक्स्पोमा उद्योग र उत्पादनको प्रदर्शनीसँगै लगानी, बजार र व्यावसायिक साझेदारीका अवसर खोज्न तीनदिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना गर्ने तयारी गरिएको छ । आयोजकका अनुसार डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा समिटले देशभरका जिल्ला तथा नगरमा छरिएर रहेका आर्थिक सम्भावनालाई लगानीकर्ता, उत्पादक, खरिदकर्ता र व्यावसायिक साझेदारसँग जोड्ने ...

हिमालय टाइम्स
कामनालाई तेस्रोपटक साफा अवार्ड
Latest NewsJust now

कामनालाई तेस्रोपटक साफा अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंकले लगातार तेस्रोपटक दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अवार्ड प्राप्त गरेको छ । उक्त बैंकलाई आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा वित्तीय सेवा क्षेत्रतर्फ ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ प्रदान गरिएको हो । बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको बताइएको छ । बैंकका अनुसार बंगलादेशको ढाकामा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement