Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी प्रविधि कम्पनी मेटाले एआईमा आधारित कोडिङ स्टार्टअप कन्डक्टर अधिग्रहण गरेको छ। कन्डक्टरले एउटै सफ्टवेयर परियोजनामा धेरै एआई एजेन्टलाई समानान्तर रूपमा परिचालन गरी काम गर्न सकिने सुविधा प्रदान गर्छ। एक्सियोसले सुरुमा सार्वजनिक गरेको यो खबर कन्डक्टरले आफ्नो ब्लगमार्फत पनि पुष्टि गरेको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चार्ली होल्ट्जले बुधबार सामाजिक सञ्जालमार्फत कन्डक्टर मेटामा आबद्ध हुन लागेको जानकारी दिएका हुन्। होल्ट्जले आगामी वर्षको सुरुवातसम्ममा प्रयोगकर्ताका लागि नयाँ सुविधा ल्याउने संकेतसमेत गरेका छन्। उनले कम्पनीले नयाँ प्रकारको इन्टरफेस विकास गर्ने योजना बनाएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले मेटाका प्रमुख एआई अधिकृत अलेक्जेन्डर वाङ र सुपरइन्टेलिजेन्स ल्याब्सका उत्पादन प्रमुख नेट फ्राइडम्यानसँग काम गर्न उत्साहित रहेको बताएका छन्। मेटाले कन्डक्टर अधिग्रहण गरेको पुष्टि गरे पनि सम्झौताका आर्थिक तथा अन्य विवरण सार्वजनिक गर्न अस्वीकार गरेको टेकक्रन्चले उल्लेख गरेको छ। सन् २०२४ मा स्थापना भएको कन्डक्टरले गत वर्षको गर्मीयाममा आफ्नो मुख्य उत्पादन सार्वजनिक गरेको थियो। यसको प्रविधिले सफ्टवेयर इन्जिनियरलाई एउटै परियोजनाका फरक–फरक भागमा एकैपटक काम गर्न सहयोग गर्छ। यसका एआई एजेन्टलाई क्लाउड, स्थानीय कम्प्युटर वा प्रयोगकर्ताको मोबाइल फोनमार्फत परिचालन गर्न सकिन्छ। कन्डक्टरका एआई एजेन्टले परियोजनाका छुट्टाछुट्टै कामलाई आपसमा समन्वय गरेर अगाडि बढाउँछन्। तर, कम्पनीले आफ्नै एआई मोडल विकास गरेको भने छैन। यसले एन्थ्रोपिक र ओपनएआईजस्ता कम्पनीका एआई मोडल तथा एजेन्ट प्रयोग गर्दै आएको छ। होल्ट्जका अनुसार आगामी वर्षको सुरुवातसम्म कन्डक्टरका मुख्य सुविधाहरू पहिलेकै अवस्थामा सञ्चालन हुनेछन्। तर, कम्पनीको क्लाउड सेवा भने आगामी नोभेम्बर २० देखि बन्द हुनेछ। त्यसपछि क्लाउडमा भण्डारण गरिएका प्रयोगकर्ताका तथ्यांक हटाउन सुरु गरिने कम्पनीले जनाएको छ। एआई सेवाको विकासमा पछाडि परेको आलोचना खेप्दै आएको मेटाले पछिल्ला केही महिनादेखि यस क्षेत्रमा लगानी र विकासलाई तीव्र बनाएको छ। कम्पनीले गत अगस्टमा आफ्नै एआई कोडिङ एजेन्ट ‘म्युज कोड’ सार्वजनिक गरेको थियो। त्यस्तै, मेटाले हालै सार्वजनिक गरेका म्युज एआई एजेन्टले पनि प्रयोगकर्तामाझ राम्रो पहुँच बनाएका छन्। कम्पनीका अनुसार म्युज सेवाका प्रयोगकर्ताको संख्या ४० दिनमै एक करोड नाघेको थियो। मेटाले पछिल्लो एक वर्षमा एआईसँग सम्बन्धित अन्य कम्पनी तथा प्लेटफर्म पनि अधिग्रहण गरेको छ। यसअघि चर्चामा आएको एआई एजेन्टमा आधारित सामाजिक सञ्जाल प्लेटफर्म मोल्टबुक पनि मेटाले किनेको थियो। The post मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट
TechnologyJust now

लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

वेब होस्टिङ सेवा प्रदायक ड्रीमहोस्टले आफ्नो प्रणालीमा महिनौँसम्म भएको साइबर आक्रमणका क्रममा ह्याकरहरूले ग्राहकका इमेल र लगइन विवरण चोरी गरेको पुष्टि गरेको छ। कम्पनीले गत बिहीबार साइबर आक्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। उक्त घटनाका कारण कम्पनीको सेवा केही दिनसम्म अवरुद्ध भएको थियो। त्यसक्रममा ड्रीमहोस्टले केही ग्राहकको पासवर्डसमेत परिवर्तन गरेको थियो। क्यालिफोर्नियाका महान्यायाधिवक्ताको कार्यालयमा बुझाएको तथ्यांक चुहावटसम्बन्धी सूचनाअनुसार साइबर आक्रमण गत अगस्टमा सुरु ...

टेक्नोलोजी खबर
स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै
TechnologyJust now

स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै

भिडियो गेम उद्योगमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गएको छ। हालै सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ को अक्टोबर महिनामा स्टिम प्लेटर्फममा सावर्जनिक गरिएका झण्डै आधा भिडियो गेममा एआईको सहायतामा तयार पारिएका सामग्रीहरुको प्रयोग गरिएको पाईएको हो। एक विश्लेषणअनुसार, सन् २०२४ को जनवरी देखि सार्वजनिक भएका करिब ६३ हजार ६ सय गेममा एआईको प्रयोग भएको छ। एआई प्रयोग भएको गेमको अनुपात सन् २०२४ ...

टेक्नोलोजी खबर
Ransomware attacks on Japanese companies more than double since 2021
TechnologyJust now

Ransomware attacks on Japanese companies more than double since 2021

Ransomware attacks targeting Japanese companies totaled 239 from January through October, more than double the number recorded in the whole of 2021, Kyodo News reported, citing a recent survey. The number of incidents reported through October had already surpassed the 228 cases recorded in all of 2025, setting a new annual record, according to the survey released Wednesday by cybersecurity firm ...

टेक्नोलोजी खबर
टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
TechnologyJust now

टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटीओआरक्यूू आबद्ध भएको छ। नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित एनटीओआरक्यूू ले यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। मलिन मिडिया एन्ड इभेन्ट प्राइभेट लिमिटेडले ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play