Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गोदावरी मेलामा एक करोड ४६ लाख बढी कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोदावरी मेलामा एक करोड ४६ लाख बढी कारोबार
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा एक करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । मेलाको अन्तिम दिन छ हजार पाँच सय ८१ जनाले मेला अवलोकन गरेका तथा २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । मेला अवधिमा मौसम प्रतिकूलताका बाबजुद पनि कारोबार र अवलोकनकर्ताको उपस्थिति सोचेअनुरूप नै भएको मेला संयोजक सुमन महर्जनले बताउनुभयो । उहाँका अनुसार मेलाको पहिलो दिन आठ हजार नौ सय, दोस्रो दिन चार हजार दुई सय, तेस्रो दिन १० हजार सात सय, चौथो दिन सात हजार दुई सय ५० र पाँचौं दिन छ हजार सात सय ५६ जनाले अवलोकन गरेका थिए । मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको थियो । बुधबार मेलाको छैटौं तथा अन्तिम दिन २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । मेलाको समापनको दिन मेलामा सहभागी पुष्प व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको थियो । मेलास्थलमा विभिन्न लोक कलाकारहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
Latest NewsJust now

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र... ...

रातोपाटी
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
Latest NewsJust now

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

महोत्तरी । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको... ...

रातोपाटी
जनकपुर–अयोध्या रेलसेवाको परीक्षण
Latest NewsJust now

जनकपुर–अयोध्या रेलसेवाको परीक्षण

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २० गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भन... ...

गोरखापत्र
किवीले दिएको सफलताको स्वाद
Latest NewsJust now

किवीले दिएको सफलताको स्वाद

बागलुङ । अलैँची खेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किवी खेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किवी बिक्रीबाट गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play