Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

१,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक

Share:WhatsAppFacebookX (Twitter)Telegram
१,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक
Photo / Coverage: टेक्नोलोजी खबर

अस्ट्रेलियाली ग्राफिक डिजाइन प्लेटफर्म क्यान्भाले आफ्नो कुल जनशक्तिको २२ प्रतिशतलाई प्रभावित गर्ने गरी संगठनात्मक पुनर्संरचना गर्ने भएको छ। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले बुधबार कर्मचारीलाई पठाएको सन्देशमार्फत १ हजार २७१ जना प्रभावित हुने जानकारी दिएकी हुन्। तर, प्रभावित हुने सबै कर्मचारीले जागिर गुमाउने भने होइनन्। कम्पनीको आधिकारिक घोषणाअनुसार केही कर्मचारीको जिम्मेवारी परिवर्तन हुनेछ भने केहीलाई केन्द्रीय कार्यालयमा स्थानान्तरण हुन आग्रह गरिनेछ। बाँकी कर्मचारीले भने कम्पनी छाड्नुपर्नेछ। जागिर गुमाउने कर्मचारीको वास्तविक संख्या कम्पनीले सार्वजनिक गरेको छैन। रोयटर्सका अनुसार कम्पनीले जागिर छाड्नुपर्ने कर्मचारीका लागि कम्तीमा ६ महिनाको तलब उपलब्ध गराउने जनाएको छ। यो सुविधा कर्मचारीको देशअनुसार फरक नपर्ने र कानुनअनुसार पाउनुपर्ने सेवासुविधासमेत त्यसमा समावेश हुने कम्पनीको भनाइ छ। त्यस्तै कम्पनीले उपलब्ध गराउँदै आएको देशमा प्रभावित कर्मचारीले थप १२ महिनासम्म स्वास्थ्य बीमा सुविधा पाउनेछन्। उनीहरू र उनीहरूका परिवारका सदस्यले एक वर्षसम्म कम्पनीको कर्मचारी सहायता कार्यक्रम ‘क्यान्भा केयर’ प्रयोग गर्न सक्नेछन्। कम्पनीले कर्मचारीलाई थप करिअर सहयोगसमेत उपलब्ध गराउने भएको छ। यसअन्तर्गत व्यक्तिगत करिअर परामर्श, अन्तर्वार्ताको तयारी र एक वर्षको ‘लिंक्डइन प्रिमियम’ सदस्यता उपलब्ध हुनेछ। कम्पनीले प्रभावित कर्मचारीलाई सम्भावित नयाँ रोजगारीसँग जोड्न आफ्ना लगानीकर्ता, साझेदार र व्यावसायिक सञ्जालमा उनीहरूको विवरणसहितको प्रतिभा सूचीसमेत साझा गर्ने जनाएको छ। त्यस्तै, कम्पनीबाट बिदा हुने कर्मचारीले प्रयोग गर्दै आएको म्याकबुक आफैँसँग राख्न पाउनेछन्। पछिल्लो एक वर्षभित्र कम्पनीमा आबद्ध भएका कर्मचारीका हकमा एक वर्ष पूरा भएपछि मात्रै सेयर सुविधा प्राप्त हुने सर्तसमेत हटाइने भएको छ। आफ्नै व्यवसाय वा समुदायका लागि केही नयाँ काम सुरु गर्न चाहने कर्मचारीलाई लक्षित गर्दै क्यान्भाले ‘क्यान्भा कलेक्टिभ फन्ड’ पनि स्थापना गरेको छ। यसबाट इच्छुक कर्मचारीले १० हजार अमेरिकी डलरसम्म अनुदान पाउन सक्नेछन्। यस्तो अनुदानमा कम्पनीले उनीहरूले सुरु गर्ने व्यवसाय वा परियोजनामा कुनै स्वामित्व वा हिस्सेदारी दाबी नगर्ने जनाएको छ। यसका लागि इच्छुक कर्मचारीले डिसेम्बर १४ सम्म आवेदन दिन सक्नेछन्। आम्दानी वृद्धिको अनुमान घटाएपछि पुनर्संरचना क्यान्भाले यो निर्णय लिनुको पछाडि कम्पनीको सुस्ताउँदै गएको वृद्धिदर र प्रविधि क्षेत्रमा आएको परिवर्तनलाई मुख्य कारणका रूपमा प्रस्तुत गरेको छ। सीईओ पर्किन्सले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीको वृद्धिदर एक दशकपछि पहिलोपटक सुस्त भएको उल्लेख गरेकी छन्। उनका अनुसार कम्पनीको इतिहासमा यो सबैभन्दा कठिन वर्ष बनेको छ। टेकक्रन्चका अनुसार क्यान्भाले सन् २०२६ का लागि आम्दानी वृद्धिको अनुमान यसअघि ३० प्रतिशत राखेकोमा घटाएर २० प्रतिशतमा झारेको थियो। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास र त्यसमा बढिरहेको खर्च पनि कम्पनीका लागि चुनौती बनेको छ। आफ्नै एआई मोडेल विकास गरेर तेस्रो पक्षका प्रविधिमाथिको निर्भरता र खर्च घटाउने प्रयास गरिरहेको क्यान्भाले एआईमा बढ्दो प्रतिस्पर्धासमेत सामना गरिरहेको छ। कम्पनीले भने आफ्नो आधिकारिक घोषणामा एआईलाई कर्मचारी कटौतीको प्रत्यक्ष कारण भनेको छैन। उसले नयाँ प्रविधिले मानिसले सामग्री सिर्जना गर्ने तरिका र डिजिटल उत्पादनप्रतिको अपेक्षा परिवर्तन गरिरहेको उल्लेख गरेको छ। सिड्नीलाई मुख्य केन्द्र बनाउने योजना पुनर्संरचनाअन्तर्गत क्यान्भाले आफ्नो उत्पादन, वृद्धि र प्लेटफर्मसम्बन्धी तीन विभागलाई एउटै उत्पादन संगठनमा गाभ्ने भएको छ। व्यवस्थापनका तह घटाउने, दोहोरिएका जिम्मेवारी एकीकृत गर्ने र कर्मचारीलाई फराकिलो जिम्मेवारी दिने कम्पनीको योजना छ। त्यस्तै उत्पादन टोलीका लागि अस्ट्रेलियाको सिड्नीलाई प्रमुख केन्द्र बनाइने भएको छ। यसका लागि केही कर्मचारीलाई सिड्नी स्थानान्तरण हुन आग्रह गरिनेछ। आगामी जनवरीदेखि अधिकांश हाइब्रिड प्रणालीमा काम गर्ने कर्मचारीलाई सातामा दुईदेखि तीन दिन कार्यालय उपस्थित हुनसमेत अपेक्षा गरिएको छ। सन् २०१३ मा स्थापना भएको क्यान्भा अहिले विश्वका सयौँ मिलियन प्रयोगकर्ताले प्रयोग गर्ने डिजाइन प्लेटफर्म बनेको छ। कम्पनीले ३७ देशमा आफ्नो सञ्चालन विस्तार गरेको छ। The post १,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल
TechnologyJust now

आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना कर्मचारीले आन्तरिक काममा प्रयोग गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) सेवाको दैनिक खर्च सीमा घटाउन थालेको छ। ब्लुमबर्गका अनुसार कम्पनीले विशेषगरी इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगमा छुट्याइएको बजेट कटौती गर्न लागेको हो। रिपोर्टअनुसार एप्पलले गत अक्टोबरमा इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगको दैनिक खर्च सीमा ३०० अमेरिकी डलरबाट घटाएर २०० डलरमा झारेको थियो। अब केही टोलीका लागि यो सीमा ...

टेक्नोलोजी खबर
लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट
TechnologyJust now

लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

वेब होस्टिङ सेवा प्रदायक ड्रीमहोस्टले आफ्नो प्रणालीमा महिनौँसम्म भएको साइबर आक्रमणका क्रममा ह्याकरहरूले ग्राहकका इमेल र लगइन विवरण चोरी गरेको पुष्टि गरेको छ। कम्पनीले गत बिहीबार साइबर आक्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। उक्त घटनाका कारण कम्पनीको सेवा केही दिनसम्म अवरुद्ध भएको थियो। त्यसक्रममा ड्रीमहोस्टले केही ग्राहकको पासवर्डसमेत परिवर्तन गरेको थियो। क्यालिफोर्नियाका महान्यायाधिवक्ताको कार्यालयमा बुझाएको तथ्यांक चुहावटसम्बन्धी सूचनाअनुसार साइबर आक्रमण गत अगस्टमा सुरु ...

टेक्नोलोजी खबर
मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर
TechnologyJust now

मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर

अमेरिकी प्रविधि कम्पनी मेटाले एआईमा आधारित कोडिङ स्टार्टअप कन्डक्टर अधिग्रहण गरेको छ। कन्डक्टरले एउटै सफ्टवेयर परियोजनामा धेरै एआई एजेन्टलाई समानान्तर रूपमा परिचालन गरी काम गर्न सकिने सुविधा प्रदान गर्छ। एक्सियोसले सुरुमा सार्वजनिक गरेको यो खबर कन्डक्टरले आफ्नो ब्लगमार्फत पनि पुष्टि गरेको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चार्ली होल्ट्जले बुधबार सामाजिक सञ्जालमार्फत कन्डक्टर मेटामा आबद्ध हुन लागेको जानकारी दिएका हुन्। होल्ट्जले ...

टेक्नोलोजी खबर
स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै
TechnologyJust now

स्टिम प्लेटफर्ममा उपलब्ध नयाँ भिडियो गेमहरुमा एआईको प्रयोग बढ्दै

भिडियो गेम उद्योगमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गएको छ। हालै सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ को अक्टोबर महिनामा स्टिम प्लेटर्फममा सावर्जनिक गरिएका झण्डै आधा भिडियो गेममा एआईको सहायतामा तयार पारिएका सामग्रीहरुको प्रयोग गरिएको पाईएको हो। एक विश्लेषणअनुसार, सन् २०२४ को जनवरी देखि सार्वजनिक भएका करिब ६३ हजार ६ सय गेममा एआईको प्रयोग भएको छ। एआई प्रयोग भएको गेमको अनुपात सन् २०२४ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play