Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कन्टेन्ट क्रियसन केवल भ्युज र लाइक पाउनुमा मात्र सीमित छैन । नेपालमा डिजिटल प्लेटफर्मको प्रभाव विस्तार हुँदै जाँदा सूचनाको विश्वसनीयता, कन्टेन्ट क्रियटरको सामग्रीले समाजमा पार्ने प्रभावका कारण उनीहरूको नैतिक जिम्मेवारी प्रमुख चासोको विषय बनेका छन् । सोही विषय सम्बोधन गर्न ललितपुरमा ३ नोभेम्बर २०२६ मा ‘टेकपाना कनेक्ट २०२६’ आयोजना भएको थियो । युनेस्कोसँगको सहकार्यमा टेकपानाले आयोजना गरेको एकदिने कार्यशालामा देशभरका ५० जना कन्टेन्ट क्रियटर भेला भएका थिए । आयोजकका अनुसार कार्यशालामा मिडिया तथा सूचना साक्षरता छलफलको केन्द्रमा रहेको थियो । जसअन्तर्गत भ्रामक सूचना कसरी पहिचान गर्ने, तथ्य जाँच कसरी गर्ने र के प्रकाशन गर्ने भन्नेबारे निर्णय कसरी लिने भन्नेबारेमा छलफल भएको थियो । कार्यशालाले सामाजिक सञ्जालमा राखिएका भ्रामक र अनैतिक सूचनाबीचमा तथ्य र नैतिकतामा आधारित रहेको कन्टेन्ट क्रियसनका लागि सीप र क्षमता विकास गर्नमा केन्द्रित थियो । ५० जना सहभागीले उल्लेखित प्रश्नमा आ-आफ्ना किसिमका दृष्टिकोण प्रस्तुत गरेका थिए । टेकपाना र युनेस्कोले नेपालभरका कन्टेन्ट क्रियटरबाट प्राप्त सयौँ आवेदनबाट उनीहरूको सामग्री, कार्यक्षेत्र र सामाजिक विविधतालाई ध्यानमा राखेर सहभागीहरू छनोट गरेका थिए । टेकपानाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय तिमल्सिनाका अनुसार क्रियटरको जिम्मेवारी सामाजिक सञ्जालमा आउने भ्युजभन्दा ठूलो छ । क्रियटरले सामग्री तयार पार्दै गर्दा आफ्नो कामको समाजमा पार्ने प्रभाव, त्यसले मानिसहरूमा पार्ने असर, कानुनी आवश्यकता र नैतिक जिम्मेवारीलाई पनि ध्यानमा राख्नुपर्छ । नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले सहभागीहरूलाई भन्नुभयो, ‘कन्टेन्ट क्रियटरका रूपमा तपाईंहरू सांस्कृतिक परम्पराको अभिलेखीकरण गर्नुहुन्छ । समुदायका चासो उजागर गर्नुहुन्छ र दैनिक जीवनमा असर पार्ने मुद्दा स्पष्ट पार्नुहुन्छ । तपाईंहरूले के सेयर गर्नुहुन्छ, कसका कथा सुनाउनुहुन्छ र दर्शकलाई आफूसँग कसरी जोड्नुहुन्छ भन्ने कुराले थप सुसूचित, समावेशी र भरपर्दो डिजिटल वातावरण निर्माण गर्न मद्दत पुर्‍याउँछ ।’ तथ्य र भ्रामक सूचनाबीचको भिन्नता छुट्याउनु कार्यशालाको मुख्य विषय थियो । जसलाई ‘फ्याक्ट अर फेक ?’ मार्फत् अन्तरक्रिया गर्दै तथ्य जाँचको व्यावहारिकरूपमा अभ्यास गरिएको थियो । सूचना साक्षरता व्यवहारमा उतार्न टेकपानाका तथ्य जाँचकर्ता तथा अनुसन्धानकर्ताहरू हिक्मत आचार्य र रञ्जिता उप्रेतीले सहभागीसँग मिलेर ‘द ट्रुथ ल्याब’ मार्फत् अनलाइनमा भ्रामक सूचना पहिचान गर्ने र यसको तथ्यजाँच गर्ने प्रक्रियामा काम गर्नुभएको थियो । छलफलको अन्त्यमा सबै ५० जना सहभागीले सकारात्मक, सत्यमा आधारित र नैतिक सामग्री निर्माण तथा सेयर गर्ने प्रतिज्ञा गर्दै इथिकल कन्टेन्ट क्रियटरसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उल्लेखित प्रतिबद्धताले नेपालमा ग्लोबल मिडिया एण्ड इन्फर्मेसन लिटरेसी (एमआइएल) विक मनाउनुको उद्देश्य प्रतिबिम्बित गर्ने आयोजकको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
Latest NewsJust now

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र... ...

रातोपाटी
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
Latest NewsJust now

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

महोत्तरी । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको... ...

रातोपाटी
जनकपुर–अयोध्या रेलसेवाको परीक्षण
Latest NewsJust now

जनकपुर–अयोध्या रेलसेवाको परीक्षण

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २० गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भन... ...

गोरखापत्र
किवीले दिएको सफलताको स्वाद
Latest NewsJust now

किवीले दिएको सफलताको स्वाद

बागलुङ । अलैँची खेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किवी खेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किवी बिक्रीबाट गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play