मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं। दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल बढेको छ। असोज ११ गतेको बाढी पहिरोका कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा केही समय सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको आगमन सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि सडकमार्ग सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल बढेको हो। प्रहरीको तथ्याङ्क अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। जसमा तीन हजार ७३८ पुरुष र एक हजार ९२५ महिला छन्। सो अवधिमा भित्रिएका पर्यटकमध्ये चार हजार ४०९ अर्थात् ७७ दशमलव ८५ प्रतिशत विदेशी पर्यटक रहेका थिए। दसैँको टीकापछिको दुई दिनमा मात्रै सात हजार ८४६ जना पर्यटक मुस्ताङ पुगेका छन्। प्रहरीका अनुसार बिहीबार तीन हजार ३३ र शुक्रबार चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। यसअघि साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। पर्यटन व्यवसायीहरूले दसैँ, तिहार र छठ पर्वको बिदाका कारण आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरेका छन्। मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरलानाका, लोमान्थाङ दरबार, ढुम्बा ताल र टिटी ताललगायतका स्थानहरू पर्यटकको मुख्य आकर्षणका केन्द्र हुन्। बाढीका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्र दसैँपछिको चहलपहलले चलायमान हुने विश्वास लिइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

टीका लगाइदिँदै देउवाले चिरिबाबुलाई भने– ‘पहिलो हुनुभयो, बधाई !’
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । दसैंको टीका लगाउन शनिबार देउवा निवास पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिलो हुनुभयो, बधाई छ’ भन्दै बधाई दिएका हुन् । महर्जनका अनुसार उनी हरेक वर्ष दसैंमा देउवाको हातबाट टीका लगाउन जाने गर्छन् । यस वर्ष […] ...

दुई तिहाइको सरकारले जनअपेक्षा पूरा नगरेपछि जागरण अभियान : दाहाल
अभियानको उद्घाटन गर्दै शनिबार दाहालले संविधान र लोकतन्त्रको रक्षा गर्न, महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरंकुशता र अराजकताको विरोध गर्न आह्वान गरेका हुन् । ...

६ वर्षीय बालकको हत्या आरोपमा एक व्यक्ति पक्राउ
बाँफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिपलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते भएका रमे... ...

दशैंमा मापसे–लापसे गरेर गाडी चलाउने १ हजार ३७ चालक प्रहरीको फन्दामा
काठमाडौं । दशैंको समयमा काठमाडौं उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने एक हजार ३७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। चाडपर्वमा यात्रुको चाप बढेका बेला नियम उल्लङ्घन गर्दै सवारी चलाउने चालकको यो सङ्ख्याले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ...


