दशैंमा मापसे–लापसे गरेर गाडी चलाउने १ हजार ३७ चालक प्रहरीको फन्दामा

काठमाडौं । दशैंको समयमा काठमाडौं उपत्यकामा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने एक हजार ३७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। चाडपर्वमा यात्रुको चाप बढेका बेला नियम उल्लङ्घन गर्दै सवारी चलाउने चालकको यो सङ्ख्याले सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने ३५ जना कारबाहीमा परेका हुन्। कारबाहीमा परेकामध्ये सार्वजनिक सवारी चलाउने चालकसमेत उल्लेख्य छन्। मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेको कार्यालयले जनाएको छ। लागुपदार्थ सेवन गरेर सवारी चलाउने ३५ जना भने सबै सार्वजनिक सवारीका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए। चाडपर्वका बेला घर जाने र घुमफिर गर्ने यात्रुको सङ्ख्या बढ्ने भएकाले सडकमा निजी तथा सार्वजनिक सवारीसाधनको चाप पनि बढ्छ। यस्तो अवस्थामा मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा चालकको निर्णय क्षमता कमजोर हुन सक्ने र दुर्घटनाको जोखिम बढ्ने ट्राफिक प्रहरीको भनाइ छ। यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले जाँच तथा निगरानीलाई तीव्र बनाएको छ। नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्दै दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ। नेपालको प्रचलित कानुनले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउन निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायतका कानुनी व्यवस्थाअनुसार यस्तो कसुर गर्ने चालकलाई कारबाही गर्न सकिन्छ। ट्राफिक प्रहरीले चालकलाई सवारी चलाउनुअघि मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, सडक नियम पालना गर्न र यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेको छ। चाडपर्वमा हतार, लापरबाही र नियम उल्लङ्घनभन्दा सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्ने प्रहरीको जोड छ। The post दशैंमा मापसे–लापसे गरेर गाडी चलाउने १ हजार ३७ चालक प्रहरीको फन्दामा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता
काठमाडौं। चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा तीन हजार ६२ जनाले वंशजका आधारमा नेपाली नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त संख्यामा नागरिकता जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका ...

सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
जनार्जन खत्रीसर्लाही, कात्तिक ७ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् । सर्... ...

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?
काठमाडौं । गत ४ कात्तिकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहितको मोटरसाइकल बरामद ग¥यो । लागूऔषधसहितको मोटरसाइकल बरामदपछि अहिले सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउन अनेक प्रयास भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा त्यस दिन दिउँसो साढे २ बजे सुनसरीको भोक्राह […] ...

छ महिनाभित्र जानकी आँखा अस्पतालमा सुधार गर्ने सांसद झाको प्रतिबद्धता
झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको सेवा प्रवाह र व्यवस्थापन सुधार गर्न आगामी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने प्रतिबद्धता ...


