काठमाडौं, कात्तिक २९ । मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार बा १७ च १८६४ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका थिए। तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ५४ वर्षीय विजय बस्नेत, ४४ वर्षीय रमेश बिडारी र ५२ वर्षीय पूर्णबहादुर सुनाखरी रहेका छन्। बस्नेत र बिडारी काठमाडौंको कलंकीका बासिन्दा हुन् भने सुनाखरी ललितपुर निवासी हुन्। दुर्घटनामा घाइते भएका अञ्जु थापा र कञ्चनबहादुर थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जिल्ला अस्पताल मुगु पुगेर दुर्घटनाबारे विस्तृत जानकारी लिनुभएकाे छ ।
मुगुमा रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Read Complete Original Article
Published originally on जनताटाइम्स






