मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो। भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, “पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ।” उनले रातिको समयमा जङ्गली हात्ती, गैँडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईंलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ। कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव–वन्यजन्तु सह–अस्तित्वका लागि पूर्वसूचना प्रणाली प्रभावकारी हुने बताए। “पूर्वसूचना प्रणालीमा क्यामरा जडान गरिएको छ, निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ”, उनले भने, “निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ।” उनले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए। कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब दश लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जङ्गली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पुर्याउँदै गरेका छन् । किसानले पूर्वसूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ। रासस The post मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हायर स्मार्ट होम जोडिएको छ।यसका लागि दुई पक्षबीच केही दिन अघि सम्झौता भएको हो। सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ। सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा ...

राष्ट्रपतिद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धित विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त ...

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स
भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप इलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ। रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ। प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन स्टारलिङ्कको सेवा विस्तारमा अवरोध ...


