मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिए । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो । पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “यो केवल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो । यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नु पर्छ, सरोकारवालाहरुको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ ।” उनले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रा पर्वहरु सञ्चालनका लागि आर्थिक अभाव र कठिनाई हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
८ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ… ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल ...

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?
कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।… ...

दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)
काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् । ...


