Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ

माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ

10/24/2026, 5:17:36 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिएका हुन् । उनले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताए। तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उनको भनाई छ । उनले २०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि बताए । विभिन्न समयमा आफूहरू सरकारको नेतृत्वमा पुगेको र संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले ती जिम्मेवारीका क्रममा भएका कामको विवरण जनतामाझ ल्याउने बताए । उनले भने, ‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो रु यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ । विभिन्न समयहरूमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । पार्टीको नेतृत्व गरेर विभिन्न निकायलाई सञ्चालन गर्ने जिम्मेवारी पनि पार्टीका नेताहरूले कार्यकर्ताहरूले सम्हाल्नुभएको पनि छ । यी सबै कुराहरूको सन्दर्भमा गरिएका कामहरूको पनि हामी विवरण तपाईँहरूको बीचमा पनि ल्याउने छौँ । त्यसलाई प्रकाशित पनि गर्नेछौँ । २०४७ साल यता वामपन्थीहरूले, कम्युनिष्टहरूले सरकारमा गएर के–के जिम्मेवारीहरू पूरा गरे रु हाम्रो पार्टीसँग जोडिएका नेता–कार्यकर्ताहरूले के–के जिम्मेवारीहरू पूरा गरे रु यी कामहरू फलानो कामहरू कसले गर्‍यो भन्ने प्रश्न उठाइसकेपछि त्यसको जवाफ सिधै देख्न सकियोस् । हामी अमूर्त कुरा गरिरहेका छैनौँ । हामी ढाँट कुरा पनि गरिरहेका छैनौँ । तर आज हामी के देख्दछौँ भने गरिएका कामहरूलाई पनि ढाकछोप गर्ने, त्यसको चर्चा पनि गर्न नचाहने, जोखिमपूर्ण कामहरू सुरु गरेको, देशको त्यस्तो दुर्गतिलाई सम्बोधन गर्ने काम गरेको, यी सबै कुराको चर्चा पनि गर्न नचाहने, जस पनि दिन नचाहने, अपजस मात्रै अरूको थाप्लोमा पार्ने यो प्रवृत्ति व्याप्त छ ।’ उनले विगतमा भएका कामको चर्चा नगर्ने र उपलब्धिको जस नदिई अपजस मात्रै पुराना दलमाथि थोपर्ने प्रवृत्ति रहेको आरोप लगाए। जोखिमपूर्ण कामको शुरुवात र देशका समस्या सम्बोधन गर्न भएका प्रयासको समेत उचित चर्चा नभएको उनको गुनासो छ । उनले वर्तमान दुई तिहाइ बहुमतको सरकारले जनताका समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । जनअपेक्षा पूरा गर्ने तथा लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अपेक्षा गरिएपनि उक्त कार्य हुन नसकेको उनको भनाई छ । पछिल्लो समय सरकारले गरेको विभिन्न घटनाक्रमले आफूहरूलाई चुप लागेर बस्न नसक्ने अवस्था सिर्जना गरेको बताए। जनताका गुनासा, आलोचना, अपेक्षा र आकाक्षा बुझ्न पार्टीले जनतामाझ केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनले बताए । अभियानअन्तर्गत पार्टीका नेता–कार्यकर्तालाई राजधानी र सदरमुकाममा सीमित नराखी गाउँ, वडा, टोल र बस्तीस्तरसम्म परिचालन गरिने उनको भनाई छ । उनले भने, ‘दुई तिहाइको सरकार छ । यसले त जिम्मेवार ढङ्गले मुलुक चलाउनेछ। जनताका पिरमार्काहरूको सम्बोधन गर्नेछ । जनताका इच्छा–आकाक्षाहरूलाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ । लोकतन्त्रको रक्षा गर्नेछ । गणतन्त्रलाई जोगाउनेछ, अझै सुदृढ गर्नेछ । तर अनेकौँ खालका कुराहरू देखिरहँदा, सुनिरहँदा स्वभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ ।’ उनले पुराना राजनितिक पार्टीहरुले विगतका गल्ती कमजोरीहरुलाई आत्मसमिक्षा गर्दै अगाडी बढ्न आवश्यक रहेको पनि बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा
OthersJust now

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा

७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ। बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई 'इगल्स नेस्ट' को नामले पनि चिनिन्छ। ट्रोनस्टाइनका आपतकालीन सेवा अधिकारीहरूलाई शुक्रबार राति स्थानीय समयानुसार ९:१५ बजे यस भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। दमकलकर्मीहरू… ...

अनलाइन खबर
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
OthersJust now

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ ...

पर्दाफास
तीन महिनामा चितवनका २८ जनाले त्यागे नेपाली नागरिकता
OthersJust now

तीन महिनामा चितवनका २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ ...

पर्दाफास
विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन
OthersJust now

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन

‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन् ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play