माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच सम्झौता भएको छ। सम्झौताअनुसार युके, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सकिनेछ। युनाइटेड रेमिटका विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत देशभरबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन्। स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकसमक्ष ल्याउन प्रतिबद्ध माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराईसम्म आफ्नो सेवा विस्तार गरेको छ। बैंकले देशभरका १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ सेवा केन्द्र तथा १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहितका बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएललाई आईसीसीको औपचारिक मान्यता
नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको हो । ...

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् । ...

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति
राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ...

भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने
राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा छन् । ...


