माग सम्बोधन नभएको भन्दै डा. गोविन्द केसी फेरि सत्याग्रहमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आवश्यक पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गरेको भन्दै प्रा.डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन्। डा. केसीले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका हुन्। अल्टिमेटमको थप समयावधिमा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेपछि सत्याग्रहमा बस्नुपरेको उनले बताएका छन्। उनले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिबिनै एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन्। मापदण्ड पूरा नगरी विभिन्न शिक्षण संस्थामा बढाइएको सिटसम्बन्धी निर्णय पनि खारेज गर्नुपर्ने उनको माग छ। त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, व्यावसायिक अनुभव र सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने उनले बताएका छन्। आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी छानबिन गर्न र दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने उनको माग छ। डा. केसीले गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र आवश्यक पूर्वाधार, जनशक्ति तथा कानुनी मापदण्ड पूरा भएपछि मात्रै शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन्। सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने र निजी मेडिकल कलेजको स्वार्थमा छात्रवृत्ति कटौती गर्ने प्रयास रोक्नुपर्ने उनको माग छ। उनले २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषय समेटिएको उक्त सहमति भएको झन्डै तीन महिना बितिसक्दा पनि कार्यान्वयन नभएको उनको भनाइ छ। यसैगरी, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अघि बढाउन तथा बर्दिबास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य सुरु गर्न उनले माग गरेका छन्। आफ्ना माग सम्बोधन नभए सत्याग्रहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत डा. केसीले दिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


