महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, बिहान ५ बजेदेखि भक्तजनका लागि खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तलेजु भवानीलाई असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तलेजु भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आईसीसीको एनपीएललाई मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष धिमिरे
आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गर्दै यसलाई नेपाली क्रिकेटको विकासका ...

दशैंको दक्षिणाबाट नयाँ लुगा वा पेन र डायरी किन्ने गर्थें : घिमिरे युवराज
• घिमिरे युवराजका अनुसार दशैँ बाल्यकालको रमाइलो सम्झनासँगै अहिलेको आर्थिक र सामाजिक यथार्थसँग जोडिएको पर्व बनेको छ। • उनले दशैँलाई आर्थिक दृष्टिले सादा र परिवारसँग खुसी साटासाट गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँछन्। • चाडपर्वको सामूहिक अभ्यासले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ, तर आधुनिक प्रविधिले सामूहिक सहभागिता घटाएकोमा चिन्ता व्यक्त गरेका छन्। ...

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु
पेरिस । फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन्। पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ ...

मानिस मानिसबाटै निराश हुँदै गएको हो ?
• आधुनिक विकाससँगै मानिस भित्री रूपमा कमजोर र एक्लो हुँदै गएको छ, जसले पारिवारिक र सामाजिक सम्बन्धहरूलाई कमजोर बनाएको छ। • आत्मघात र आत्मदाह जस्ता घटनाहरू केवल व्यक्तिगत कमजोरी होइन, सामाजिक र मानसिक स्वास्थ्य समस्यासँग जोडिएका छन्। • भविष्यको खुला समाजको चुनौती स्वतन्त्रता र जिम्मेवारी बीच सन्तुलन कायम गर्नु हो, ताकि मानिसको भावनात्मक सुरक्षा र अर्थपूर्ण जीवनको खोजीलाई ध्यानमा राख्न ...


