हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस । फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन्। पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका दक्षिणी सहरहरू मार्से, बोर्दो, निस र लियोनका साथै उत्तरी क्षेत्रका लिल लगायतका स्थानमा युवाको आवतजावत र भीडभाडमा प्रतिबन्ध लगाउने गरी आंशिक कर्फ्युको घोषणा गरिएको हो । विद्यार्थीले विद्यालयको अवस्था सुधारको माग गर्दै गत महिना सुरु गरेको आन्दोलनमा अहिले ट्रेड युनियन तथा अन्य विरोध समूह पनि जोडिएका छन् । प्रदर्शन नियन्त्रण बाहिर जाँदा केही सहरमा प्रहरीको नियन्त्रण गुमेको गृहमन्त्री लोरियान्ट न्युनेजले स्वीकार गरेका छन् । गृहमन्त्री न्युनेजले दिएको राजीनामा राष्ट्रपति इम्यानुएल म्याक्रोंले अस्वीकार गर्दै सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने बताएका छन् । हालसम्म २ हजार ५ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने करिब १ हजार प्रहरी घाइते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास र ग्रिनेट लागेर एक प्रदर्शनकारीको हात छिन्नभिन्न भएको जनाइएको छ । प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले संकटकाल घोषणा हुनसक्ने सम्भावनालाई नकार्दै क्षति पुर्याउनेहरूबाटै क्षतिपूर्ति असुलिने बताएका छन् । “सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूबाटै क्षतिपूर्ति भराउने गरी कानुन ल्याइनेछ,” उनले भने । फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई) का अनुसार हप्तान्तको हिंसाबाट २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् भने करोडौँ युरो बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न तयार रहेको बताएका छन् ...

कुन सडकको कस्तो छ अवस्था ?
काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू... ...

चितवनका तीन हजार तीन सय ६२ मतदाताको नाम हटाइयो नामावलीबाट
दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता परित्याग गरेका मतदाताहरूको नामावली हटाइएको हो। ...

अमेरिका-चीन प्राविधिक प्रतिद्वन्द्विता : अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै
अमेरिकाको बौद्धिक धारले चीनको उत्पादन शक्तिलाई भेट्दै ...


