महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको मन्दिर बिहानैदेखि खुला

हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत शनिबार बिहान तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसपछि निर्धारित साइतमा स्थिरासन गराई पूजा आराधना सुरु गरिएको थियो । महाअष्टमीका अवसरमा सोमबार राति मूलचोकमा कालरात्रि पूजा गरिएको छ । विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ । बुधबार विजयादशमीका दिन निर्धारित साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने र ११:५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दशैं मनाउन साढे ५ लाख बढीले छोडे काठमाडौं उपत्यका
बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ ...

चितवनमा हात्ती सफारीको रोमाञ्च (तस्वीरहरु)
चितवनको पर्यटनमा हात्ती सफारी पनि परिचित आकर्षण हो । पर्यटन गतिविधि विस्तार हुँदै गर्दा हात्तीको उचित हेरचाह, पशुकल्याण र वन्यजन्तुमैत्री पर्यटनको अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने आवश्यकता छ । ...

‘आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’ : अध्यक्ष ढकाल
आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा सुरुमा ...

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना
छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन। ...


