मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ । बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ । समाजसेवी शिवराज सापकोटाले झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताए । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ । धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको अनुभव सुनाए । “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु पर्यो,” उनले भने । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ । दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए । दसैँ सकिएर काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो । गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...

मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धान गरिने
काठमाडाैं । सरकारले मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि हिमाली अनुसन्धानसम्मको योजना अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्र सार्वजनिक गरेका छन् । नेपाल मौसम विज्ञान विभागले श्वेतपत्र जारी गर्दै मौसमको पूर्वानुमानलाई थप विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यसहित आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उच्च क्षमताको कम्प्युटिङ ...

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् । दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने ...

केसेलिया खोलामा बोराभित्र पुरुषको शव भेटियो
सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी... ...


