Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए। महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए। सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गरे। “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाह जस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भने। उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध संकल्प गर्ने अवसर भएको बताए। स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताए। मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग संकलन गरिएको उनले जानकारी दिए। कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो। मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन
ताजा खबरJust now

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन

भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो।  भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अ... ...

नेपालखबर
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी ...

केन्द्रबिन्दु
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
ताजा खबरJust now

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play