मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिएका छन् । मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताएका हुन् । मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ । पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्री लम्सालको भनाइ छ । सडक विस्तारले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो तथा त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । यसका साथै मुख्य सडक र ग्रामीण सडकको निर्माण तथा स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिने मन्त्री लम्सालले बताए । अनुगमनका क्रममा स्थानीय बासिन्दाले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेपछि मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै अस्पताल स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिने बताए । त्यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उनले जानकारी दिए । मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताए । अनुगमनका क्रममा स्थानीयवासीले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजना कार्यान्वयनमा लैजानुपर्ने उनले बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आईसीसीको एनपीएललाई मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष धिमिरे
आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गर्दै यसलाई नेपाली क्रिकेटको विकासका ...

दशैंको दक्षिणाबाट नयाँ लुगा वा पेन र डायरी किन्ने गर्थें : घिमिरे युवराज
• घिमिरे युवराजका अनुसार दशैँ बाल्यकालको रमाइलो सम्झनासँगै अहिलेको आर्थिक र सामाजिक यथार्थसँग जोडिएको पर्व बनेको छ। • उनले दशैँलाई आर्थिक दृष्टिले सादा र परिवारसँग खुसी साटासाट गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँछन्। • चाडपर्वको सामूहिक अभ्यासले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ, तर आधुनिक प्रविधिले सामूहिक सहभागिता घटाएकोमा चिन्ता व्यक्त गरेका छन्। ...

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु
पेरिस । फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन्। पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । साथै, सहरका विभिन्न भागमा बिना अनुमति भेला हुन प्रतिबन्ध लगाइएको छ ...

मानिस मानिसबाटै निराश हुँदै गएको हो ?
• आधुनिक विकाससँगै मानिस भित्री रूपमा कमजोर र एक्लो हुँदै गएको छ, जसले पारिवारिक र सामाजिक सम्बन्धहरूलाई कमजोर बनाएको छ। • आत्मघात र आत्मदाह जस्ता घटनाहरू केवल व्यक्तिगत कमजोरी होइन, सामाजिक र मानसिक स्वास्थ्य समस्यासँग जोडिएका छन्। • भविष्यको खुला समाजको चुनौती स्वतन्त्रता र जिम्मेवारी बीच सन्तुलन कायम गर्नु हो, ताकि मानिसको भावनात्मक सुरक्षा र अर्थपूर्ण जीवनको खोजीलाई ध्यानमा राख्न ...


