काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्। छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्। उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पालना गर्नुपर्नेमा उनले जोड दिएकी थिइन्।
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

Read Complete Original Article
Published originally on नेपालन्युज






