Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ। नेपाल-फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न चेम्बरको चौथो वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा मुकुन्दप्रसाद तिमिल्सिनालाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ। वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा सुजीत शाक्य र शक्तिकुमार बेगानी निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नीतु कयाल तथा सचिवमा स्कन्द अमात्य र नीलकृष्ण ताम्राकार चयन भएका छन्। कार्यसमिति सदस्यमा दिपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमिल्सिना, दिपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा जी सदस्य रहेका छन्। साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले नेपाल(फिनल्यान्ड चेम्बर सन् २०२२ मा दुई देशबीच आर्थिक कूटनीति र व्यापारिक साझेदारी सुदृढ बनाउने उद्देश्यले स्थापना भएको उल्लेख गर्दै चेम्बरलाई संवादमा मात्र सीमित नराखी व्यावसायिक सहकार्य, अवसर पहिचान र साझेदारीलाई व्यवहारमा उतार्ने सक्रिय मञ्चका रूपमा अघि बढाउने बताए। नेपाल र फिनल्यान्डबीच व्यापार, शिक्षा, संस्कृति तथा अन्य क्षेत्रमा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको भए पनि द्विपक्षीय आर्थिक सम्बन्धको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उनको भनाइ थियो। आगामी दिनमा नेपाली वस्तुको फिनल्यान्ड बजारमा निर्यात प्रवर्द्धन, व्यापारिक सम्बन्ध विस्तार तथा लगानीका अवसर सिर्जना गर्न चेम्बरले प्राथमिकता दिने उनले बताए। पर्यटन, व्यापार, लगानी, नवप्रवर्तन, दिगोपन तथा प्रविधिका क्षेत्रमा सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै पाण्डेले फिनल्यान्डको प्रविधि, नवप्रवर्तन र दिगो विकाससम्बन्धी अनुभव तथा नेपालको प्राकृतिक स्रोत, पर्यटन र उत्पादन क्षमतालाई जोडेर नयाँ साझेदारी निर्माण गर्न सकिने धारणा राखे। ‘नेपाल व्यवसायका लागि खुला छ’ भन्ने सन्देश दिँदै उनले नेपाल र फिनल्यान्डका व्यवसायी, लगानीकर्ता तथा साझेदारबीच सहकार्य विस्तारका लागि चेम्बरले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। द्विपक्षीय व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन फिनल्यान्डका साझेदार तथा नेपालस्थित फिनल्यान्ड दूतावासको सहयोग महत्वपूर्ण हुने उनले बताए। कार्यक्रममा चेम्बरका मानार्थ सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–फिनल्यान्डबीच व्यापारिक सम्बन्ध विस्तारको यात्राबारे चर्चा गर्दै चेम्बर स्थापना तथा गतिविधि अघि बढाउन भएका प्रयास स्मरण गरे। उनले नेपालबाट फिनल्यान्डमा निर्यात गर्न सकिने वस्तुको पहिचान, व्यवसायीको सहभागिता र बजार प्रवर्द्धनलाई प्रारम्भिक प्राथमिकतामा राखिएको बताए। श्रेष्ठका अनुसार नेपाली चिया, गलैंचा, कफी, हस्तनिर्मित वस्तु, हर्बल साबुन, नेपाली कागज तथा जुत्तालगायत उत्पादनलाई फिनल्यान्ड बजारमा परिचित गराउन पहल गरिएको छ। नेपाली कफी, नेपाली कागज तथा गोल्डस्टार जुत्ताको ब्रान्ड प्रवर्द्धनमा समेत प्रयास गरिएको उनले उल्लेख गरे। नेपाल र फिनल्यान्डबीच व्यापारसँगै शिक्षा, प्रविधि, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले फिनल्यान्डको दूतावास, ँष्ललउबचतलभचकजष्उ तथा फिनल्यान्डका व्यावसायिक संस्थाहरूसँग चेम्बरमार्फत सहकार्य विस्तार गर्न सकिने बताए। उनले द्विराष्ट्रिय उद्योग वाणिज्य संघले व्यापारिक सहकार्यसँगै कूटनीतिक सम्बन्ध विस्तारमा पनि योगदान पुर्‍याउन सक्ने उल्लेख गरे। हरित अर्थतन्त्रको विकासमा नेपालले फिनल्यान्डबाट धेरै कुरा सिक्न सक्ने उनको धारणा थियो। कार्यक्रममा नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, नवप्रवर्तन, स्वच्छ ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा तथा प्रविधिका क्षेत्रमा सहकार्यका अवसर रहेको बताए। निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सक्ने उनले उल्लेख गरे। नेपाल र फिनल्यान्डबीच व्यापारको मात्रा अपेक्षाकृत न्यून भए पनि भविष्यमा विस्तारका पर्याप्त सम्भावना रहेको बताउँदै राजदूत पुहाक्काले नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा अवसर रहेको बताए। फिनल्यान्डको प्रविधि, नवप्रवर्तन तथा दिगो व्यावसायिक अभ्यासलाई नेपालको सम्भावनासँग जोडेर आर्थिक सहकार्य विस्तार गर्न सकिने उनको भनाइ थियो। नेपाल(फिनल्यान्ड चेम्बरले व्यवसायीलाई जोड्ने, संवादको वातावरण बनाउने तथा नयाँ साझेदारी सिर्जना गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले चेम्बरको प्रयासको प्रशंसा गरे। फिनल्यान्डको नेपालसँगको विकास साझेदारी शिक्षा, खानेपानी तथा सरसफाइ, प्राकृतिक स्रोत व्यवस्थापन तथा जलवायु उत्थानशीलताका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै विकास सहयोग र व्यावसायिक सहकार्यलाई एकअर्कासँग जोडेर अघि बढाउन सकिने उनले बताए। साधारणसभाको अवसरमा चेम्बरप्रति विशेष सहयोग तथा योगदानका लागि राजेशकाजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै पर्यटन क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकोमा शिव ढकाललाई टुरिजम एक्सिलेन्स अवार्ड र व्यापार क्षेत्रमा योगदान पुर्‍याएकोमा उत्तम सिवाललाई ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपाले सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने
Latest NewsJust now

रास्वपाले सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले रातोपाटीलाई दिएको जानकारीअनुसार... ...

रातोपाटी
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार
Latest NewsJust now

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

• राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ। • नेपाली सेनाको हवाई साधनमार्फत महिलालाई कर्णाली प्रदेश अस्पतालमा थप उपचारका लागि पठाइएको हो। • दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ। ...

नेपालबहस
व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह
Latest NewsJust now

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

नयाँ दिल्ली, मङ्सिर १० गते । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधा... ...

गोरखापत्र
यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
Latest NewsJust now

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

काठमाडौं । यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेतालाई सम्मान गरेको छ। अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् भने पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा आर१५ एस मोटरसाइकल प्राप्त गरेका छन्। सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement