Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्। भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्। सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन्। समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन्। मन्त्री रावलले भनिन्, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ।” बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन्। मन्त्री रावलले भनिन्, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ?, आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनु पर्नेछ। उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ।” अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, “त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौं। कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ।” मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन्। उनले भनिन्, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौं। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

घोडाघोडी ताल : चराले सुनाउँछन् प्रकृतिको कथा
ताजा खबरJust now

घोडाघोडी ताल : चराले सुनाउँछन् प्रकृतिको कथा

चाँदनी आचार्यघोडाघोडी (कैलाली), कात्तिक ९ गते । बिहानीको शान्त वातावरण, तालमाथि फैलिएको कुहिरो, पानीमा पौडिरहेका जलपन्छी र रुखका हाँगामा बसेर चिरबिर गरिरहेका चराहरू भेटिन्छन् । प्र... ...

गोरखापत्र
एनपीएललाई गगन थापाको शुभकामना
ताजा खबरJust now

एनपीएललाई गगन थापाको शुभकामना

सहभागी टोली, नेपाल क्रिकेट सङ्घ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना सन्देश दिएका छन्। ...

हाम्राकुरा
भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद
ताजा खबरJust now

भक्तपुरमा जुवातास खेल्दै गरेका १४ जना पक्राउ, झन्डै ३ लाख रुपैयाँ बरामद

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका–४, हलचापस्थित धुर्व श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार ५४ वर्षीय श्रेष्ठसहितका व्यक्तिलाई आइतबार राति पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई लाख ९० हजार ७० रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play