Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मनि वर्ल्ड सेयर एक्सचेन्ज नेप्सेको कारबाहीमा, ३ दिनका लागि कारोबार निलम्बन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनि वर्ल्ड सेयर एक्सचेन्ज नेप्सेको कारबाहीमा, ३ दिनका लागि कारोबार निलम्बन
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनी मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रा.लि. को कारोबार तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयसीमाभित्र सेयर कारोबारको राफसाफ तथा फछ्यौट नगरेको भन्दै नेप्सेले पुतलीसडक(काठमाडौँ)मा रहेको उक्त कम्पनीमाथि कारबाही गरेको हो। नेप्सेको सुपरीवेक्षण शाखाद्वारा जारी सूचना अनुसार सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले मङ्सिर ९ गते पत्राचार गर्दै समयमै राफसाफ नगर्ने उक्त ब्रोकर कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को विनियम २२ (१) ‘छ’ बमोजिम निलम्बन गर्ने निर्णय गरिएको वरिष्ठ अधिकृत सन्तोष आचार्य जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
Latest NewsJust now

उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल... ...

रातोपाटी
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल
Latest NewsJust now

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

काठमाडौँ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन्। उक्त बाटो तथा पार्किङ निर्माण कार्य ...

नेपालन्युज
मायाको आवरणमा नियन्त्रण : सम्बन्धमा देखिने यी ७ खतराका सङ्केत
Latest NewsJust now

मायाको आवरणमा नियन्त्रण : सम्बन्धमा देखिने यी ७ खतराका सङ्केत

काठमाडौँ । सम्बन्धमा प्रेमसँगै थोरै चिन्ता र एकअर्काको चासो हुनु राम्रो कुरा हो। तर, जब साथीको त्यही चिन्ता बिस्तारै तपाईंको स्वतन्त्रता खोस्ने माध्यम बन्न पुग्छ, तब अवस्था कस्तो होला? कोसँग बोल्ने,... ...

रातोपाटी
महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण
Latest NewsJust now

महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण

काठमाडौं । केहि दिन अघि नेपालयको आरशालामा इतिहासमा रुचि राख्नेहरुको बेग्लै चहलपहल थियो । कारण, इतिहासकार महेशराज पन्त आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा पहिलोपटक सहभागी हुँदै थिए । आफ्नो २२औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’को सार्वजनिक विमोचन हुँदै गरेको यो पहिलो घटना थियो । इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तलाई प्रत्यक्ष सुन्ने उत्साहमा बौद्धिक वृत्त आरशालामा भेला भएका थिए । लोकार्पण कार्यक्रममा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement