Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, फिल्म रिलिज भाेलि हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो,  फिल्म रिलिज भाेलि हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को एडभान्स बुकिङ खुला भएको छ। देशभरका विभिन्न सिनेमाघरले चलचित्रको अग्रिम टिकट बुकिङ सुरु गरेका छन् भने केही हलमा बुकिङ खुल्ने क्रम जारी छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससँगै वान सिनेमाज, आईएनआई सिनेमाजलगायतले एडभान्स बुकिङ खुला गरेका छन्। दर्शकले खल्ती र ईसेवा एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। त्यस्तै, क्युएफएक्सको आधिकारिक वेबसाइटबाट पनि टिकट बुक गर्न सकिनेछ। एडभान्स बुकिङ खुला भएसँगै दर्शकले चलचित्रका लागि अग्रिम टिकट काट्न थालेका छन्। खल्ती एपमा उपलब्ध विवरणअनुसार बिहीबार दिउँसो १२ बजेसम्म चलचित्रका लागि ६४ शो उपलब्ध देखिएका छन्। विभिन्न हलमा शो थपिने क्रमसमेत जारी रहेकाले प्रदर्शन मिति नजिकिँदै जाँदा शो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। गएको मंगलबार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । बिशेषगरी चलचित्रको प्रस्तुतीकरण र कथाको तारिफ गरिएको थियो । को–को छन् चलचित्रमा ? बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ। श्रद्धा प्रसाईं र सुमित्रा थापा चलचित्रका निर्माता हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। सुदीप बराल चलचित्रका छायांकार हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई रहेका छन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
Latest NewsJust now

उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल... ...

रातोपाटी
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल
Latest NewsJust now

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

काठमाडौँ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन्। उक्त बाटो तथा पार्किङ निर्माण कार्य ...

नेपालन्युज
‘नौ जिल्लाको माला’ गाँसेर सुदूरपश्चिम घुम्दै रोयल्सको ट्रफी
Latest NewsJust now

‘नौ जिल्लाको माला’ गाँसेर सुदूरपश्चिम घुम्दै रोयल्सको ट्रफी

बैजनाथदेखि दोधारा चाँदनीसम्मको ट्रफी टूरले क्रिकेटको उत्सवलाई सुदूरपश्चिमको आस्था, संस्कृति र पर्यटनसँग जोड्दै छ। ...

कान्तिपुर
ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद
Latest NewsJust now

ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद

काठमाण्डु– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । चितवन बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो । उनीहरूबाट नेपाली ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता दानबहादुर […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement