काठमाडौँ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन्। उक्त बाटो तथा पार्किङ निर्माण कार्य शीघ्र सम्पन्न गरी आगन्तुक तथा सेवाग्राहीलाई सहज आवागमनको वातावरण उपलब्ध गराइनेछ। साथै, हालको मुण्डन स्थलमा आवश्यक टहरा निर्माण, शौचालय, सरसफाइ तथा सुरक्षाको व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने भएको छ। धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै पवित्र उद्यान क्षेत्रको सम्पदा संरक्षण र व्यवस्थापनलाई समेत ध्यानमा राखेर मुण्डन संस्कारलाई व्यवस्थित बनाउने कोषको उद्देश्य रहेको छ।
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

Read Complete Original Article
Published originally on नेपालन्युज


_PXzSZsvUZg.webp)



