Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण

Share:WhatsAppFacebookX (Twitter)Telegram
महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । केहि दिन अघि नेपालयको आरशालामा इतिहासमा रुचि राख्नेहरुको बेग्लै चहलपहल थियो । कारण, इतिहासकार महेशराज पन्त आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा पहिलोपटक सहभागी हुँदै थिए । आफ्नो २२औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’को सार्वजनिक विमोचन हुँदै गरेको यो पहिलो घटना थियो । इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तलाई प्रत्यक्ष सुन्ने उत्साहमा बौद्धिक वृत्त आरशालामा भेला भएका थिए । लोकार्पण कार्यक्रममा सबैभन्दा पहिला इतिहासकार दिनेशराज पन्त बोले । आफ्ना पिता नयराज पन्तले वि.सं. १९९७ देखि सुरु गरेको पाठशाला र त्यसमा पढ्नेहरूको प्राज्ञिक कामबारे उनी बोले । ‘संशोधन मण्डलले नेपालको इतिहास उत्खनन गर्न र सच्याउन आफूलाई समर्पित गर्यो,’ दिनेशराज पन्तले भने, ‘त्यही कामलाई यहाँसम्म ल्याइपुर्याउने दाजु महेशराज पन्त हुनुहुन्छ । उहाँ अहिले पनि लेख्ने र पढ्ने मात्र गर्नुहुन्छ ।’ दिनेशराज पन्तले दाजुको किताब ‘राणाः काल, कर्ता र किताब’को समीक्षा गरेका थिए । दाजुभाइबीच रमाइलो रमाइलोमा धेरै रोचक र ज्ञानवद्र्धक संवाद भएको थियो । लेखक महेशराज पन्तले आफ्ना बुवाले कुहिनोले पहाड फोड्ने प्रयास गरेको बताए । बुवाले त्यतिबेला चलिरहेको पढाइको आलोचना गर्दै आफैँ उदाहरणका रुपमा प्रस्तुत भएको बताए । लेखक पन्तले भने, ‘मैले यस किताबमा राणा कालखण्ड वरिपरि लेखेका २२ वटा शोधलेख संगृहीत गरेको छु । पत्रपत्रिकामा छापिएका भए पनि प्रशस्त परिष्कार र परिमार्जन गरेको छु ।’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘महेशराज पन्तले पूर्णिमा जर्नल सम्पादन गर्न थालेको ६३ वर्ष भयो । अहिले पनि उहाँ एक्लैले पूर्णिमा बचाइरहनुभएको छ । उहाँ जस्तो विशिष्ट इतिहासकारको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको कुरा हो ।’ लेखक महेशराज पन्तले आफ्नो पुस्तक इतिहासकारद्वय दिनेशराज पन्त र प्रत्यूष वन्तलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । महेशराज पन्तले पिताले खोलेको पाठशालामा पढे । त्यही पढाइकै आधारमा पछि जर्मनी पुगेर ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरे । त्यहाँ उनले प्राध्यापन र अनुसन्धान गरे । उनका २२ वटा शोधपुस्तक र आठ सय जति अनुसन्धानमूलक लेख प्रकाशित छन् । यसअघि उनको ‘पृथ्वीनारायण शाहः नायक, प्रतिनायक अनि नायकदेशीय’ पुस्तक नेपालयबाटै प्रकाशित छ । दुई सय ८४ पृष्ठको पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम (thuprai.com) तथा अमेजनबाट किन्न सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
Latest NewsJust now

उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल... ...

रातोपाटी
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल
Latest NewsJust now

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

काठमाडौँ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन्। उक्त बाटो तथा पार्किङ निर्माण कार्य ...

नेपालन्युज
‘नौ जिल्लाको माला’ गाँसेर सुदूरपश्चिम घुम्दै रोयल्सको ट्रफी
Latest NewsJust now

‘नौ जिल्लाको माला’ गाँसेर सुदूरपश्चिम घुम्दै रोयल्सको ट्रफी

बैजनाथदेखि दोधारा चाँदनीसम्मको ट्रफी टूरले क्रिकेटको उत्सवलाई सुदूरपश्चिमको आस्था, संस्कृति र पर्यटनसँग जोड्दै छ। ...

कान्तिपुर
ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद
Latest NewsJust now

ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद

काठमाण्डु– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । चितवन बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो । उनीहरूबाट नेपाली ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता दानबहादुर […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement