Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ । टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रुपमा मर्मतसम्भार गरेसँगै आशिंक रुपमा सञ्चालनमा आएको जनाएको छ । उक्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै सर्तकता अनपाएर पदायात्रा गर्न टानले सबै पदयात्रीलाई आग्रह गरेको छ । उक्त पदयात्रा सञ्चालनमा आएसँगै मनास्लु लार्केपास पदमार्ग पुनः सञ्चालनमा आएको हो । पदयात्रीले माछाखोला सम्म सवारीसाधनमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै, यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मीनेटको बैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ । कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार उक्त पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग हाल बन्द रहेको छ । पुल मर्मतको काम जारी रहेकाले करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । लाङटाङ र गोसाइँकुण्ड पदयात्राका लागि खुला यस्तै, लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ । पहिलो विकल्पअनुसार काठमाडौँ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी, दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ । टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

रवि लामिछाने आज भारत जाँदै
ताजा खबरJust now

रवि लामिछाने आज भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत जाँदै छन्। उनी तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका हुन्। ...

नेपालबहस
सुरक्षा जोखिमका कारण साउदी अरबको यात्रा नगर्न इटालीको चेतावनी
ताजा खबरJust now

सुरक्षा जोखिमका कारण साउदी अरबको यात्रा नगर्न इटालीको चेतावनी

इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ। ...

कान्तिपुर
रवि लामिछाने आज भारत जानुहुँदै
ताजा खबरJust now

रवि लामिछाने आज भारत जानुहुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने हुनुभएकाे छ । लामिछानेले भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनुहुनेछ । ...

हिमालय टाइम्स
एसी मिलानमाथि बर्नमाउथको प्रभावशाली जित
ताजा खबरJust now

एसी मिलानमाथि बर्नमाउथको प्रभावशाली जित

काठमाडौं । बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि जस्टिन क्लुभर्ट, मार्कस टाभेरनर र आमिन एडिलले एक एक गोल गरे । यस नतिजापछि बर्नमाउथ सन् १९७३/१९७४ यता युरोपमा आफ्ना सुरुआती तीन खेल जित्ने फहिलो इंग्लिस क्लब भएको छ । अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले भने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play