Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मनाङमा सम्पर्कविहीन दुई जापानी पर्वतारोही मृत फेला

मनाङमा सम्पर्कविहीन दुई जापानी पर्वतारोही मृत फेला

10/24/2026, 11:22:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मनाङमा सम्पर्कविहीन दुई जापानी पर्वतारोही मृत फेला

मनाङ- गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत भेटिएका छन् । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए । ‘करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो ।’ शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
ताजा खबरJust now

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

• वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। • रदरफोर्डले टी–२० क्रिकेटमा ५ हजार ९० रन बनाएका छन् र उनले विभिन्न फ्रेन्चाइज क्रिकेटमा अनुभव प्राप्त गरेका छन्। • सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। ...

नेपालबहस
दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै
ताजा खबरJust now

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

रातोपाटी
बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
ताजा खबरJust now

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play